Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

महसुल समायोजन गरेर डेडिकेटेड फिडर हटाइने

ऊर्जा खबर बैशाख २७, २०७६   2705

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल समायोजन गरेर उद्योग तथा अस्पताललाई दिँदै आएको डेडिकेटेड फिडरको सुविधा हटाउने भएको छ । लोडसेडिङ अन्त्यपछि नियमित विद्युत आपूर्ति भइरहेकाले महसुल समायोजन गरेर डेडिकेटेड फिडर हटाउने तयारी गरिएको हो ।

महसुल समायोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव लगिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार आयोगले प्रस्ताव अनुमोदन गरेपछि महसुल समायोजन गरेर प्राधिकरणले डेडिकेटेड फिडर हटाउनेछ ।

डेडिकेटेड फिडर हटाएर औद्योगिक ग्राहकको महसुल समायोजन नगरे महंगोमा खरिद गरेर सस्तोमा बेच्दा प्राधिकरणलाई व्याय भार थपिने पनि उनले बताए । ‘उद्योगको महसुल सस्तो छ,’ उनले भने,‘ निजी क्षेत्रसँग प्रतियुनिट ७ रुपैयाँमा किनेर उद्योगलाई ६.५० रुपैयाँमा बेच्न सकिँदैन ।’ उनले आयोग गठन तथा पदाधिकारी नियुक्तीमा भएकाे ढिलाइले लाेडसेडिङ अन्त्यपछि डेडिकेटेड फिडर हटाउन समय  लागेकाे बताए ।

दैनिक १४ घन्टासम्मको लोडसेडिङका बेला प्राधिकरणले डेढ गुणा बढी शुल्क लिएर उद्योग तथा अस्पताललाई दैनिक २० घन्टाबढी नियमित विद्युत आपूर्ति हुने गरी डेडिकेटेड फिडरबाट विद्युत सेवा दिँदै आएको थियो । लोडसेडिङ अन्त्य हुनु अघि डेडिकेटेड फिडरको माग गरेर आउने उद्योग अहिले हटाउने प्रस्ताव लिएर आउने गरेको घिसिङको भनाइ छ ।

उद्योगले विद्युत खपतका आधारमा बिहान, हिउँसो, साँझ र रातीको फरक फरक महसुल तिर्दै आएका छन् । नियमित विद्युत आपूर्तिका कारण औद्योगिक ग्राहकको विद्युत खपत परिमाण पनि बढ्दै गएको घिसिङले बताए । उनका अनुसार अब प्रणालीमा उपलब्ध विद्युतको ६० प्रतिशत उद्योगले खपत गर्नेछन् । महसुल समायोजन गरेर डेडिकेटेड लाइन हटाउन उद्योगीहरु सकारात्मक रहेको घिसिङले जानकारी दिए ।

लोडसेडिङको समयमा ट्रंक र डेडिकेटेड फिडरबाट सेवा लिने उद्योग तथा अस्पतालले ३ सय १५ मेगावाटसम्म विद्युत खपत गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="