Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दिल्लीको विद्युत माग अहिलेसम्मकै बढी, अझै बढ्ने अनुमान

ऊर्जा खबर असार १७, २०७६   2205

अन्तर्राष्ट्रिय



काठमाडौं- भारतको दिल्लीमा विद्युतको उच्च मागले नयाँ रेकर्ड बनाएको छ । गर्मी बढ्दा एसी, कुलर, पंखा, फ्रिजलगायत विद्युतीय उपकरण अत्याधिक चलेपछि विद्युत मागले ऐतिहासिक रेकर्ड कामय गरेको हो ।

स्थानीय समय अनुसार सोमबार अपरान्ह ३.२९ बजेको विद्युतको उच्च माग बढेर ७ हजार २ सय ४१ मेगावाट पुगेको दिल्लीका विद्युत वितरण कम्पनीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सोमबारको विद्युत माग अन्य ठूला सहरको तुलनामा सबैभन्दा धेरै हो ।

विद्युत मागले नयाँ रेकर्ड कायम गरे पनि वितरण प्रणालीमा कुनै समस्या नआएको वितरण कम्पनीहरूको दाबी छ । दिल्लीको उच्च माग अर्को ठूलो सहर कोलकाताको तुलनामा ३ गुणाले बढी रहेको जनाइएको छ । आर्थिक राजधानी मुम्बई र चेन्नइको माग पनि दिल्लीको भन्दा कम छ ।

गर्मी बढिरहेकाले अहिलेको माग अझै बढ्ने वितरण कम्पनीहरूले प्रक्षेपण गरेका छन् । माग बढेर ७ हजार ४ सय मेगावाटसम्म पुग्ने अनुमान छ ।

अघिल्लो वर्ष यही अवधिको दिल्लीको उच्च माग ७ हजार १६ मेगावाट थियो । यो वर्ष अघिल्लो वर्षभन्दा २ सय २५ मेगावाट बराबरको माग थपिएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यसअघि सन् २०१६ मा दिल्लीको उच्च माग ६ हजार २ सय १६ मेगावाट पुगेको थियो ।अहिलेको विद्युत मागको व्यवस्थापन गर्नका वितरक कम्पनीहरूले दिल्लीमा वितरण तथा प्रसारण प्रणालीका संरचना थप गरेका थिए ।

एएनआइबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="