Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१३२ केभी ढल्केबर-लोहरपट्टी प्रसारण लाइन निर्माण हुने

ऊर्जा खबर श्रावण ३१, २०७६   2426

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले १३२ केभी ढल्केबर–लोहरपट्टी प्रसारण लाइन निर्माण गर्ने भएको छ । धनुषास्थित ढल्केबर सबस्टेसनदेखि महोत्तरीको लोहरपट्टीमा प्रस्तावित १३२/३३ केभी सबस्टेसनसम्म साढे १८ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

२ सय मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण गर्न अनुमतिपत्रका लागि प्राधिकरणले विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले विद्युत ऐन २०४९ को दफा ४ को व्यवस्थाअनुसार विद्युत नियमावली २०५० को नियम १३ बमोजिम प्राधिकरणलाई प्रसारण लाइन निर्माण गर्न अनुमतिपत्र दिने तयारी गरेको छ ।

ad

विभागले प्राधिकरणलाई प्रसारण लाइन निर्माणको अनुमतिपत्र दिन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । विभागले सूचना जारी गरेर प्रसारण लाइन निर्माण गर्दा कुनै प्रकारको असर गर्ने अवस्था भएमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ ।

प्रसारण लाइनमा २४ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माण गर्न करिब ३८.४३५ हेक्टर जमिन अधिग्रहण गर्नु पर्ने प्राधिकरणले जनाएको छ । संरचना निर्माण गर्न सुरु गरेको ३ वर्षमा सम्पन्न गर्ने प्राधिकरणको योजना छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="