Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ओखलढुंगा-ढल्केबर ४ सय केभी प्रसारण लाइन निर्माण हुने

ऊर्जा खबर भदौ ०२, २०७६   592

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणलै ओखलढुंगा–ढल्केबर ४ सय केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणको सहायक कम्पनीले निर्माण गर्ने ६ सय मेगावाट दूधकोसी जलाशय जलविद्युत आयोजनालाई लक्षित गरी प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

ओखलढुङ्गामा निर्माण हुने विद्युतगृह (३५ मेगावाट) देखि ६ सय मेगावाटको दूधकोसी जलाशय आयोजनाको विद्युतगृह र यहाँदेखि ढल्केबर सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अघि बढेको हो ।

ad

प्रस्तावित १ सय १५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको क्षेत्र निर्धारण गर्न सरोकारवालासँग राय तथा सुझाव मागिएको छ । प्रसारण लाइन आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्नुअघि क्षेत्राधिकार निर्धारण गर्न लागिएको हो ।

प्रसारण लाइनको १ सय १५ किलोमिटर र अधिकार क्षेत्र (राइट अफ वे ) को ४६ मिटर (दायाँ र वायाँ २३ मिटर) जग्गाको क्षेत्राधिकार निर्धारण गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

स्थानीय सरोकारवालासँग प्रसारण लाइन निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा राय /सुझाव मागिएको छ । प्रस्तावित प्रसारण लाइनबाट प्रभावित हुने गाउँपालिका, नगरपालिका, तथा त्यहाँका विद्यालय, अस्पताल, स्वास्थय चौकी एवं सरोकारवाला व्यक्तिसँग २ साताभित्र प्राप्त हुने गरी राय/सुझाव पढाउन भनिएको छ ।

स्थानीय सरोकारवालाको राय सुझाव संकलनपछि वातावरणीय प्रभाव मूल्याङन प्रतिवेदन तयार गरी गरेर वन तथा वातावारण मन्त्रालयबाट स्वीकृत गराई संरचना निर्माणको काम थालिने प्राधिकरणले जनाएको छ ।

सरोकारवालाले आफ्नो राय/सुझाव दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना, इन्जिनियरिङ सेवा निर्देशनालय कार्यालय नेपाल विद्युत प्राधिकरण र परामर्शदाताको कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस