Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२९ सय मेगावाटको बहुउद्देश्यीय आयोजना निर्माण गर्दै भारत

ऊर्जा खबर श्रावण ०५, २०७६   2175

अन्तर्राष्ट्रिय



काठमाडौं- भारतले करिब २९ सय मेगावाटकाे एउटै आयोजना निर्माण गर्ने भएको छ । अरुणाञ्चल प्रदेशको दिबाङ नदीमा दिबाङ बहुउद्देश्यीय जलाशय जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

ad

मन्त्रीपरिषले २८ सय ८० मेगावाटको जलाशय आयोजना अघि बढाउन १६ अर्ब भारू स्वीकृत गरेको छ । मन्त्रीपरिषदको आर्थिक मामिला समितिले आयोजनाको संरचना निर्माण गर्नुअघिका प्रक्रिया पूरा गर्न आवश्यक रकम स्वीकृत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

याे रकम वन, वातावरणकाे स्वीकृितका लागि तथा र आयोजनाको जग्गा अधिग्रहण गर्दाको मुआब्जा वितरणमा खर्च हुनेछ । जग्गा अधिग्रहण गर्दा आयोजना प्रभावित स्थानीय र प्रदेश सरकारलाई केन्द्र सरकारले मुआब्जा वितरण गर्नेछ । नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशनले बहुउद्देश्य आयोजना अघि बढाउन अनुमित लिएकाे छ ।

बहुउद्देश्यीय जलाशय आयोजनाबाट २८ सय ८० मेगावाट विद्युत उत्पादन गर्न विद्युतगृहमा २ सय ४० मेगावाट क्षमताका १२ वटा युनिट राखिनेछ । यो बहुउद्देश्य आयोजना निर्माण गरी दिबाङ नदीको तल्लो तटिय क्षेत्रको बाढी नियन्त्रण गर्ने केन्द्र सरकारको योजना छ ।

भारतले निर्माण गर्न लागेको यो अहिलेसम्मकै ठूलो आयोजना हो । आयोजनाको बाँधको उचाई २ सय ७८ मिटर हुनेछ । यो नै सबैभन्दा अग्लो बाँध भएको जलाशय आयोजना पनि बन्नेछ । निर्माण सुरु गरेको ९ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । आयोजना सम्पन्न गर्न २८ हजार ८० कराेड भारू खर्च हुने अनुमान छ ।

आयोजना निर्माण भइ सञ्चालनमा आएपछि कूल उत्पादित ऊर्जाको १२ प्रतिशत अरुणाञ्चल प्रदेश सरकारले निशुल्क पाउने सर्त छ । १ प्रतिशत निशुल्क ऊर्जा स्थानीय क्षेत्र विकास कोषले पाउनेछ । आयोजनाको अवधि रहने ४० वर्षसम्म कोषले नियमितरूपमा १ प्रतिशत ऊर्जा बराबरकाे रकम आयोजनाबाट पाउनेछ ।

स्थानीय क्षेत्रको विकासमा स्थानीयले उठाएका माग सम्बोधन हुने गरी ५ अर्ब ४१ कराेड भारू आयोजनाले खर्च गर्नेछ । स्थानीय संस्कृति संरक्षणमा पनि ३ करोड २७ लाख भारू आयोजनाले खर्च गर्नेछ ।

आयोजनाबारे लामाे समयदेखि चर्चा हुँदै आएकाे भए पनि वर्तमान सरकारले निर्माण प्रक्रिया अघि बढाएकाे छ ।

भारतीय समाचार एजेन्सीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="