Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मोतीहारी-अमलेखगञ्ज पाइपलाइनबाट साढे ४ करोड लिटर डिजेल आयात

ऊर्जा खबर असोज २८, २०७६   1454

पेट्रोलियम



काठमाडौं । मोतीहारी-अमलेखगञ्ज अन्तरदेशीय पेट्राेलियम पाइपलाइनबाट १ महिनामा करिब साढे ४ करोड लिटर डिजेल आयात भएको छ । नेपाल आयाल निगमले गत भदाै २४ गतेदेखि असाेज २७ गते(साेमबार) सम्मकाे अवधिमा उक्त परिमाणकाे डिजेल आयात गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र माेदीले संयुक्तरूपमा उद्घाटन गरेकाे पाइपलाइनबाट ४ करोड २७ लाख ८७ हजार लिटर डिजेल आयात भइसकेकाे निगम प्रवक्ता वीरेन्द्र गाेइतले बताए । उनका अनुसार पाइपलाइनबाट आयात भएकाे डिजेल भैरहवा, पोखरा, थानकोट, विराटनगरलगायत डिपोमा मागअनुसार ट्यांकरबाट ढुवानी गरेर पुर्याइएकाे छ ।

ad

पाइपलाइनबाट डिजल आउन थालेपछि भारतीय  आयल कर्पाेरेशनकाे बरौनी, बैतालपुर, मुगलसराई, गोडालगायतका रिफाइनरीबाट डिजेल आयात गर्न बन्द गरिएको निगमले जनाएको छ । पाइपलाइनबाट आएको डिजेल सुरक्षित एवं पूर्ण परिमाण र गुणस्तरमा आइरहेकाे गाेइतले जानकारी दिए ।

पाइपलाइनबाट डिजेल आयात हुन थालेपछि वार्षिक १ अर्ब रुपैयाँ बराबरकाे ढुवानी खर्च कटाैती भएकाे निगमकाे दाबी छ । अहिले पाइपलाइनबाट २४ घन्टा डिजेल आयात भइरहेकाे छ । यहाँबाट आयात हुने डिजेलले देशभरकाे ८० प्रतिशत माग धानिरहेकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="