Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दुवै महानिर्देशकले जिम्मेवारी सम्हाले, विद्युत र जलस्रोतमा स्वचालित प्रणाली लागू गरिने

ऊर्जा खबर कार्तिक ०४, २०७६   2135

खबर



काठमाडौं । विद्युत विकास विभाग र जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशकले आज (सोमबार) बाट जिम्मेवारी सम्हालेका छन् । नविनराज सिंहले विद्युत र मधुकरप्रसाद राजभण्डारीलाई जलस्रोत विभागको जिम्मेवारी सम्हालेका हुन् ।

शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट उनीहरूलाई तत्तत्का विभागमा सरुवा गरिएको थियो । सिंह यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विकास सहायता तथा वैदेशिक समन्वय र राजभण्डारी जलस्रोत महाशाखामा कार्यरत थिए ।

ad

पदभार ग्रहण गरेसँगै दुवैले तत्तत्का विभागमा नयाँ प्रणाली विकासमा जोड दिएका छन् । आधुनिक प्रविधि जडान गरी हरेक विषय डिजिटलाइज गर्ने र पुरानो कार्यशैलीमा परिवर्तन गर्ने दाबी गरेका छन् ।

सेवाग्राही सन्तुष्ट हुने गरी आफूले जिम्मेवारी पूरा गर्ने सिंहले बताए । ‘यसअघि म करिब २ वर्ष ३ महिना महानिर्देशकको जिम्मेवारीमा थिएँ,’ उनले भने, ‘विगतमा भन्दा अझ प्रभावकारी रूपमा काम गर्न म प्रतिबद्ध छु ।´

ऊर्जामा निजी क्षेत्रको ठूलो लगानी रहेकाले यसको सुरक्षा गर्दै सहजीकरणमा विभागले जोड दिने सिंहले बताए । ‘सबै निकायले हातेमालो गरेर समयमै आयोजना निर्माण पूरा हुने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि कार्यशैली पारदर्शी बनाइनेछ ।’ यसमा विभागका सबै कर्मचारीको साथ र सहयोग आवश्यक पर्ने उनले बताए ।

कर्मचारी आफूलाई लागेको राय सुझाव दिन स्वतन्त्र रहेको तर कुनै बाहना बनाएर सेवाग्राहीलाई अल्झाउने वा काममा ढिलाई गर्न नपाइने सिंहले प्रस्ट पारे । कर्मचारीको कार्यशैली र फाइलका विषय सिसी टिभीबाट ट्र्याकिङ गरिने हुँदा त्यही अनुसार सबैले जिम्मेजारी पूरा गर्नुपर्नेमा पनि उनले जोड दिए ।

यसैगरी, जलस्रोत विभागका महानिर्देशक राजभण्डारी सञ्चालनमा रहेका, सम्पन्न गर्नुपर्ने र पाइपलाइनमा रहेका आयोजनाको समस्या केलाएर त्यही अनुसार काम गर्ने बताए । ‘सञ्चालित सिँचाइ प्रणाली पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन्, उता निर्माणाधीन आयोजना पनि समस्याग्रस्त छन्,’ उनले भने, ‘सामुहिक प्रयास र टिम वर्कबाट निर्माणलाई तीव्रता दिने मेरो पहल हुनेछ ।’

लामो समयदेखि विवाद र समस्यामा जेलिएको सिक्टा सिँचाइको प्रारम्भिक काम पूरा गरेर चालू आर्थिक वर्षभित्रै किसानका खेतमा पानी पुर्याउने पक्षमा जोड दिने उनले बताए । नहरमा आएको समस्या समाधान गर्न मन्त्रिपरिषदले स्वीकृति दिइसकेको स्मरण गर्दै उनले कामलाई तीव्रता दिने दोहोर्याए ।

‘अब हामी स्मार्ट सिँचाइ प्रणालीमा जानुपर्छ,’ उनले जोड दिए, ‘मोबाइल एप्लिकेसन बनाएर सिँचाइ तथा जलस्रोतका सबै जानकारी उपलब्ध गराइनेछ । साथै, कन्ट्रोल कक्षबाट नहरमा पानीको परिमाण हेरी कतिबेला गेट खोल्ने वा बन्द गर्ने र किसानका खेतमा पानी पठाउने भन्ने निक्र्योल हुनेछ ।’

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="