Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दोर्दी-१ को भौतिक प्रगति ५५ प्रतिशत, १८ सय मिटर सुरुङ खनियो

ऊर्जा खबर कार्तिक २१, २०७६   2533

जलविद्युत



काठमाडौं । लमजुङस्थित १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण सकिएको छ । दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरिरहेको आयोजना आधाभन्दा बढी पूरा भएको हो ।

बाँध क्षेत्रमा संरचना निर्माणको काम ७७ प्रतिशत सम्पन्न भएकाे आयोजना प्रमुख उज्वल सिलवालले बताए । उनका अनुसार १३२ मिटर हेड रहेको आयोजनाको बाँध क्षेत्रमा हाइड्रोमेकानिकल फ्रेम जडान सकिएको छ ।

ad

आयोजनाको २५ सय मिटर लामाे मुख्य सुरुङमध्ये १८ सय २४ मिटर पूरा भएको छ । लाे प्रेसर पाइप जडान पनि तीव्र गतिमा भइरहेकाे उनले बताए । आयोजनामा सुरुङसँगै ७ सय मिटर लाे प्रेसर पाइप लाइन रहने गरी डिजाइन गरिएको छ ।

आयोजनाको विद्युतगृह ३५ प्रतिशत पूरा भएको सिलवालले बताए । संरचना निर्माणकाे काम सकिएपछि विद्युतगृहमा उपकरण जडान गर्न सुरु गरिने उनले बताए । विद्युतगृहमा जडान हुने उपकरणहरु आयोजना स्थलमा ल्याउन सुरु गरिएको छ ।

२०७६ पुसभित्र आयोजनाको सिभिल संरचना निर्माणको काम पूरा गरेर विद्युत उत्पादन गर्ने तालिका भए पनि अवधि केही लम्बिने कम्पनीले जनाएकाे छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्म आवश्यक साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माणकाे प्रक्रिया कम्पनीले अघि बढाएकाे छ । प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीले टावरकाे डिजाइन तयार गरिसकेकाे छ ।

आगामी मंसिरदेखि प्रसारण लाइनकाे संरचना निर्माण गर्न सुरु गरिने सिलवाले जानकारी दिए । सम्पन्न भएपछि आयाेजनाले उत्पादन गर्ने विद्युत यही प्रसारण लाइनमार्फत कीर्तिपुर सबस्टेसनमा लगेर जाेडिने छ ।

आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकाे छ । आयोजनामा सानिमाको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् । ऋण बाहेककाे लगानी स्वपुँजी हाे ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="