Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बाढीग्रस्त दोर्दी कोरिडोरका आयोजनालाई क्षतिपूर्ति आश्वासन, छानबिन गर्न समिति

ऊर्जा खबर श्रावण २२, २०७६   664

जलविद्युत



काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले दोर्दी खोलामा आएको बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएका छन् । लमजुङका स्थानीय प्रतिनिधि तथा सांसदहरूसँगको छलफलमा उनले यस्तो आश्वासन दिएका हुन् ।

ad

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त आयोजनाको अध्ययन गर्न एक उच्चस्तरीय समिति पनि गठन गरिएको छ । सहसचिव रामगोपाल खर्बुजाको संयोजकत्वमा विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, जलस्रोत तथा सिँचाइ विभाग, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) तथा स्वतन्त्र विज्ञ सम्मिलित टोली गठन भएको छ ।

गत साउन ८ गते दोर्दी खोलामा एक्कासी आएको बाढीले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ मा ठूलो क्षति पुर्याएको छ । आयोजनामा कार्यरत ५ कामदारको मृत्यु समेत भएको जनाइएको छ । यस्तै, ५४ मेगावाटको सुपर दोर्दीका उपकरण बाढीले बगाउँदा करोडौंको क्षति पुगेको छ ।

प्रवद्र्धकले क्षतिको यकिन विवरण आइनसकेको जनाएका छन् । अध्ययन गरी विवरण आएपछि सोही अनुसार क्षतिपूर्तिको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । लमजुङका सांसद देवप्रसाद गुरुङ सहितको टोलीले मन्त्री पुनलाई भेटी प्रभावित आयोजनाका लागि उचित क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

दोर्दी खोलामा डेढ सय मेगावाटबराबरका पाँच जलविद्युत आयोजना निर्माणाधीन छन् । दुइटामा बढी क्षति पुगे पनि बाँकी आयोजना बाढीबाट जोगिएका छन् । मन्त्री पुनले भविष्यमा बाढी क्षति पुग्ने सम्भावना न्यूनिकरणका उपाय पनि सुझाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="