विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दोर्दीखोलाको मुख्य सुरुङ छेडिन ६ सय मिटर बाँकी

ऊर्जा खबर मङि्सर २०, २०७५ 3711

काठमाडौं– लमजुङमा निर्माणधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको मुख्य सुरुङको निर्माण अन्तिम चरणमा पुगेको छ । कुल २ हजार ७ सय मिटर लामो मुख्य सुरुङ २ हजार १ सय मिटर पूरा भएको हो ।

मुख्य सुरुङ छेडिन अब ६ सय मिटर बाँकी रहेको हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताए । उनका अनुसार बाँकी सुरु ४ देखि ५ महिनामा पूरा गर्ने लक्ष्य छ । मुख्य सुरुङसहित आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ । आयोजनाको बाँध र विद्युतगृहको निर्माण भइरहेको छ । बाँध क्षेत्रको सिभिल संरचनाको काम ९० प्रतिशत सकिएको पनि ढकालले बताए ।

विद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संरचनाको काम सकेर अबको २ महिनामा विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्न सुरु गरिनेछ । विद्युतगृहमा जडान हुने उपकरण आयोजना स्थलमा आइसकेको कम्पनीले जनाएको छ ।

२०७६ भदौभित्र आयोजना सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने उदिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

आयोजना सम्पन्न गर्न ४ अर्ब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाईमा ८ बैंकले ऋण लगानी गरेका छन् । ३ अर्ब १७ करोड रुपैयाँ बैंकको ऋण लगानी र १ अर्ब ६ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

आयोजनाबाट २०७५ चैतदेखि विद्युत उत्पादन गर्ने तालिका भए पनि मुख्य सुरुङ निर्माणको जिम्मा पाएका ठेकेदारले काम गर्न नसकपछि अर्को ठेकेदार परिचालन गर्नुपर्ने अवस्था आएका कारण ढिलाइ भएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="