Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६५४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४१४ मे.वा. घन्टा
  • भारत : ९३१६ मे.वा. घन्टा
  • ट्रिपिङ : ६० मे.वा. घन्टा
  • माग : २२३३७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दोर्दी खोलाकाे उत्पादन सुरु हुन अझै ३ महिना लाग्ने

ऊर्जा खबर पुष २५, २०७६   2426

जलविधुत



काठमाडौं । लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन अझै ३ महिना लाग्ने भएकाे छ । ९५ प्रतिशत निर्माण भएको आयोजना सम्पन्न भइनसकेकाले विद्युत उत्पादन सुरु हुन समय लाग्ने भएकाे हाे ।

अब आयोजनाले आगामी चैत्रदेखि विद्युत उत्पादन गर्ने तयारी भइरहेकाे प्रवर्द्धक हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरूप्रसाद ढकालले बताए । उनका अनुसार आयोजनाकाे संरचना निर्माणकाे काम अन्तिम चरणमा पुगेकाे छ ।

बाँध क्षेत्रमा संरचना निर्माण सकिएकाे छ । बाँध क्षेत्रमा हाइड्रोमेकानिकल उपकरण जडानको काम  करिब ८५ प्रतिशत पूरा भएको छ । बाँकी जडानकाे काम फागुनभित्र सम्पन्न गर्ने तालिका रहेकाे उनले बताए ।

खनेर सकिएकाे आयोजनाको २ हजार ७ सय ७० मिटर लामो मुख्य सुरुङ ढलान हुँदैछ । ढलान कार्य पनि अन्तिम चरणमा पुगेकाे छ ।आयोजनामा ३ हजार २ सय मिटर पाइपलाइन छ । विद्युतगृहको सिभिल संरचनाको काम पूरा भएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान धमाधम भइरहेकाे छ ।

बाँकी काम फागुनभित्र सम्पन्न गरेर चैतदेखि उत्पादन सुरु गर्ने पछिल्लाे तालिका रहेकाे कम्पनीले जनाएकाे छ ।  आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी उदिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

४ अर्ब २३ करोड रुपैयाँ अनुमानित लागतमा आयोजना पूरा गर्ने लक्ष्य छ । आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाइमा ८ बैंकले ३ अर्ब १७ करोड रुपैयाँ लगानी गरेका छन् । १ अर्ब ६ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="