विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

७ महिनामा सम्पन्न गर्ने गरी दोर्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु

ऊर्जा खबर मङि्सर १८, २०७५ 2359

काठमाडौं– लमजुङस्थित १३२ केभी दोर्दी कारिडोर प्रसारण लाइनको निर्माण सुरु गरेको छ । आवश्यक जग्गा अधिग्रहण कार्य सम्पन्न गरेर नेपाल विद्युत प्राधिकरणले लाइन निर्माणको काम सुरु गरेको हो ।

किर्तिपुरदेखि उदिपुरसम्मको १० किलोमिटर लाइन अबको ७ महिनामा सम्पन्न गर्ने गरी काम सुरु गरिएको आयोजना प्रमुख रमेश पौडेलले बताए । उनका अनुसार लाइनसँगै किर्तिपुर र उदिपुरमा सबस्टेसनको काम पनि थालिएको छ ।

नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीले सबस्टेसन र जोशी एण्ड मुडवरीले लाइन निर्माणको जिम्मा पाएका छन् ।

प्रसारण लाइनको जग खन्न सुरु गरिएको छ । प्रसारण लाइनका लागि आवश्यक उपकरण आयातको काम सम्पन्न भइसकेपछि टावर ठड्याउ र तार तान्न थालिने आयोजनाले जनाएको छ ।

आवश्यक सबै प्रक्रिया पूरा भइसकेकाले चालु आर्थिक वर्षभित्र लाइन तथा सबस्टेसन निर्माणको काम पूरा हुने पौडेलको दाबी छ ।

प्रसारण लाइनको १० किलोमिटर खण्डमा ३३ वटा टावर रहने छन् ।

प्रसारण लाइन तयार भएपछि दोर्दी कोरिडोरमा निर्माणधीन २ सय मेगावाटका आयोजनाको विद्युत यो लाइनमार्फत २२० केभी मस्र्याङ्दी कोरिडोरमा लगेर गएर जोडिनेछ ।

दोर्दी कोरिडोरमा अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ए, ५४ मेगावाटको सुपर दोर्दी, २७ मेगावाटको दोर्दीखोला, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माण भइहेका छन् । निर्माणाधीन आयोजनामध्ये दोर्दीखोला र माथिल्लो दोर्दीको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="