Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अविरल वर्षाले विद्युतीय पूर्वाधारमा क्षति, दुहबी सबस्टेसन जलमग्न

ऊर्जा खबर असार २७, २०७६   2163

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणको १३२/३३ केभी दुहबी ग्रिड सबस्टेसन डुबानमा परेको छ । केही दिनदेखिको अबिरल वर्षाका कारण पानीको सतह बढेपछि सबस्टेसन जलमग्न भएको हो ।

सबस्टेसनमा पानी पुगे पनि सञ्चालनमा कुनै समस्या नरहेको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख रेवत चौधरीले बताए । उनका अनुसार सबस्टेसनको नियन्त्रण कक्षमा पानी नपसेकाले प्रसारण प्रणालीमा अहिलेसम्म समस्या आएको छैन ।

‘पानीको सतह निरन्तर बढिरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘एक दुई दिन अझै नियमित वर्षा भइरहे विद्युतीय दुर्घटना रोक्नकै लागि  सबस्टेसन बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’  उनले सबस्टेसनमा जम्मा भएकाे पानी निकास भइरहेकाले सञ्चालन अवराेध नभएकाे बताए ।

सबस्टेसनकाे आजकाे लाेड ९६ मेगावाट छ । मनसुन सक्रिय भएपछि तापक्रम घटेसँगै एसि, कुलर, पंखा जस्ता विद्युतीय उपकरण नचल्दा  लोड घटेकाे हाे । २ वर्षअघि पनि सबस्टेसन डुबानमा परेकाे थियाे । नियन्त्रण कक्षमा पानी पस्दा सबस्टेसन बन्द भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="