Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दुहबी–कटहरी ३३ केभी प्रसारण लाइन ४५ दिनभित्र पूरा गर्न प्राधिकरणलाई दबाब

ऊर्जा खबर कार्तिक ०१, २०७६   2464

खबर



विराटनगर । नेपाल विद्युत प्राधिकरणले दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माण ४५ दिनभित्र पूरा गर्नुपर्ने भएको छ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले समन्वय गरी समस्या समाधानको बाटो खुलाइदिएपछि तोकेको समयभित्र काम सक्न प्राधिकरणलाई दबाब परेको हो ।

शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे लगायतसँगको छलफलपछि ४५ भित्र सबै काम पूरा गर्नुपर्ने राईले बताए ।

ad

मोरङ ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो । छलफलमा प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्ष अध्ययन गरी ४५ दिनभित्र निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिए ।

‘यो प्रसारण लाइन बन्न नसन्दा मोरंगका उद्योग तथा आम उपभोक्तालाई गुणस्तरीय र परपर्दो विद्युत पाउन सकिरहेका छैनन्, समस्या समाधान गरी निर्माण तत्काल सुरु गरौं,’ उनले भने, ‘तार भूमिगत गर्ने या अन्य विकल्प के हुन्छन् प्राविधिक विकल्पको तत्काल खोजी गरी काम सम्पन्न गरौं, यसका लागि सम्पूर्ण उपायहरु अपनाइने छ ।’

मुख्य मन्त्री राईले निर्माणमा अवरोध हटेपछि समस्या समाधान गर्न पहल गर्दै यसअघि मोरङ क्षेत्र नम्बर ४ का संघीय सांसद मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गरेका थिए ।

शुक्रबार भएको छलफलमा संसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले कहिले पनि अवरोध नगरेको प्रष्ट पारे । ‘लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध गर्यो भन्नेसम्म गलत आरोप ममाथि लगाइयो,’ उनले भने, ‘तर, मैलै कोहीसँग पैसा मागेको छैन, लाइन निर्माण हुनुपर्छ भन्दै सुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झुटो आरोप लगाइयो ।’

आरोपमा कुनै सत्यता नरहेको र लाइन निर्माण गर्न तत्काल काम सुरु गर्न आफूले पूर्ण सहयोग गर्ने बताए । घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताए । प्राधिकरणले कहिले पनि प्रसारण लाइन निर्माणमा संघीय सांसदले पैसा मागेर अवरोध गरेको भनेर नभनेको प्रष्ट पारे । ग्रामथाम गाउँपालिका अध्यक्षले पनि प्रसारण लाइन निर्माणमा अवरोध नहुने बताए ।

प्रसारण लाइन ग्रामथानको गिदनीय टोलमा ३ किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा निर्माण भइसकेको छ । सबस्टेसन समेत निर्माण भइसकेको छ । तीन किलोमिटर तार तानिसकेपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी सञ्जालमा ल्याइन सकिनेछ ।

अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । टंकीसिनबारी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन । दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउना साथ कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हन्छ । र, विराटनगरमा समेत भोल्टेजको समस्या नदेखिने प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="