Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

डुन्डुवा सिँचाइ ठेक्का प्रकरण, ‘पप्पु कन्स्ट्रक्सन’को अन्तरिम आदेश खारेज

ऊर्जा खबर मङि्सर ०२, २०७५   2787

जलस्रोत



नेपालगन्ज (बाँके)– तुल्सीपुर उच्च अदालत नेपालगन्जले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का विषयमा ठेकेदार कोस्टल–पप्पु जेभीले माग गरेको अन्तिरिम आदेश खारेज गरेको छ ।

अन्तरिम आदेश दिन प्रक्रिया तथा कागजात नपुगेको भन्दै पप्पुको माग खारेज गरिएको हो । जलस्रोत तथा सिँचाइ विभागले गत कात्तिक २१ गते तालिका अनुसार काम नगरेको भन्दै पप्पुसँगको ठेक्का तोड्ने नर्णय गरेको थियो ।

ad

आयोजनाले ठेक्का तोड्नुअघि नै ठेकेदारले आफ्नो धरौटी जफत गर्न सक्ने आशंका रहेको भन्दै अदालतमा रिट निवेदन दिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी प्रकाशबहादुर कार्कीले बताए । साथै, कालोसूचीमा पर्न सक्ने विषय पनि उसले रिटमा उल्लेख गरेको थियो ।

सिक्टा सिँचाइले ठेक्का तोडेपछि पप्पुको धरौटी जफत गरी कालोसूचमा राख्ने प्रक्रिया अघि बढाएको छ । कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्रसमेत लेखिएको छ ।

ठेकेदारले आयोजनाकै लापरबाहीका कारण काम नभएको दाबी गरेको छ । उसले धरौटी जफत र कालोसूचीमा राख्ने निर्णयका विषयमा अन्तरिम आदेश जारी गर्न अदालतलाई समेत प्रभावमा पार्ने प्रयास गरेको छ ।

‘आयोजनालाई दोषी देखाउँदै सम्बन्धित कागजात पप्पु आफैंले अदालतमा पेस गर्ने प्रयास गरेको थियो,’ कार्कीले आइतबार ऊर्जा खबरसँग भने, ‘तर, आवश्यक कागजात पत्र काटेरै आयोजनासँग अदालतले नै माग्ने जवाफ पप्पुलाई दिएको छ ।’

आयोजनाले ठेकेदारको करिब १० करोड रुपैयाँको धरौटी जफत गर्न प्रक्रिया अघि बढाएको छ । धरौटी जफत गरी नयाँ ठेक्का गर्ने प्रक्रिया समेत सुरु गरिएको छ ।

कूल ठेक्का रकम करिब ९८ करोड ८१ लाख रुपौयाँ हो । यसमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८८ लाख रुपैयाँ धरौटी जफत हुन्छ । यही रकम जफत हुन्छ ।

सिक्टा अन्तर्गत विगत दुई वर्षदेखि डुन्डुवा सिँचाइ प्रणाली सुधारको काम भइरहेको थियो । उक्त काम ठेकेदारले आलटाल गर्दै आएको र यसबाट आयोजना प्रभावित भएको छ ।

विभागका अनुसार ९८ करोड ८१ लाख रुपैयाँमा सन् २०१६ जुन २० तारिख (२०७३ असार ६ गते) मा सम्झौता भएको थियो । ठेकेदारले सन् २०१८ अक्टोबर ८ (२०७५ असोज २२ गते) सम्म जम्मा ६.९ प्रतिशतमात्र काम गरेको थियो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) तथा ठेक्का सम्झौताको एफआइडिआइसीको बुँदा नं. १५.२ (बी) अनुसार ठेक्का अन्त्य गरिएको विभागको निर्णयमा उल्लेख छ । ठेक्का तोडिएसँगै निर्माण व्यवसायीले राखेको जमानतबापतको सम्पूर्ण रकम जफत गर्ने निर्णय पनि भएको छ ।

डुन्डुवा खोलाबाट बग्ने ३ क्यूमेक्स पानीबाट बाँकेमा सिँचाइ पुर्याउने गरी सुरुमा काम अघि बढाइएको थियो । साउदी फन्डको सहयोगमा लक्षित काम नभएपछि फन्डले सहयोग उपलब्ध गराउन नसक्ने जनाएको थियो ।

पछिल्लो समय सिक्टाबाट आउने पानीमध्ये १५ क्यूमेक्स डुन्डुवामा मिसाएर बाँकेको करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ । जुन काम अहिले पप्पुले अलपत्र छोडेको छ ।

याे पनि पढ्नुहाेस्

डुन्डुवा सिँचाइको ठेक्का प्रकरण, ‘पप्पु कन्स्ट्रक्सन’को १० करोड धरौटी जफत गरिँदै

सिक्टा अन्तर्गत डुन्डुवा सिँचाइको ठेक्का तोडियो, ठेकेदार ‘पप्पु कन्स्ट्रक्सन’ कालोसूचीमा

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="