Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९२१२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०१५ मे.वा. घन्टा
  • भारत : १०९७८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६२०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिक्टा अन्तर्गत डुन्डुवा सिँचाइको ठेक्का तोडियो, ठेकेदार ‘पप्पु कन्स्ट्रक्सन’ कालोसूचीमा

ऊर्जा खबर कार्तिक २५, २०७५   3582

जलस्रोत



नेपालगन्ज– जलस्रोत तथा सिँचाइ विभागले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का तोडेको छ । ठेकेदारले लक्षित योजनाअनुसार काम नगरेपछि ठेक्का तोडिएको हो ।

सिक्टा राष्ट्रिय गौरवको सूचीमा रहेको देशकै ठूलो सिँचाइ आयोजना हो । यसअन्तर्गत विगत दुई वर्षदेखि डुन्डुवा सिँचाइ प्रणाली सुधारको कामसमेत भइरहेको थियो । उक्त काम ठेकेदारले आलटाल गर्दै आएको र यसबाट आयोजना प्रभावित भएकाले सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए ।

उक्त सिँचाइ प्रणालीको ठेक्का अहिले देशमै बदनाम कम्पनी पप्पु कन्स्ट्रक्सनले लिएको थियो । कोस्टल–पप्पु जेभीका नाममा रहेको एसआइपी/डिआइएस/एमसी/आइसिबी–०१ नम्बरको ठेक्का गत कात्तिक २१ गते ताडिएको विभागले जानकारी दिएको छ ।

‘ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि लक्ष्यअनुसार काम हुन सकेन,’ पण्डितले ऊर्जा खबरसँग भने, ‘सार्वजनिक सूचना निकालेर दबाब दिँदा समेत काम अघि बढ्न सकेन । बाध्य भएर ठेक्का तोडिएको हो ।’

९८ करोड ८१ लाख रुपैयाँमा सन् २०१६ जुन २० तारिखमा सम्झौता भएको थियो । ठेकेदारले सन् २०१८ अक्टोबर ८ सम्म जम्मा ६.९ प्रतिशतमात्र काम गरेको विभागले जनाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) तथा ठेक्का सम्झौताको एफआइडिआइसीको बुँदा नं. १५.२ (बी) अनुसार ठेक्का अन्त्य गरिएको विभागको निर्णयमा उल्लेख छ । ठेक्का तोडिएसँगै निर्माण व्यवसायीले राखेको जमानतबापतको सम्पूर्ण रकम जफत गर्ने निर्णय पनि भएको छ ।

विभागको निर्णयमा भनिएको छ– सम्झौता अनुसार बाँकी रहेको निर्माण पूरा गर्न लाग्ने रकम निज व्यवसायीबाट सरकारी बाँकी सरह असुलउपर गरिनेछ । साथै, निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाउने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="