Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

डुन्डुवा सिँचाइ ठेक्का प्रकरण, बदनाम ठेकेदारको पक्षमा उच्च अदालत

ऊर्जा खबर मङि्सर १४, २०७५   3654

जलस्रोत



नेपालगन्ज (बाँके)– तुल्सीपुर उच्च अदालत नेपालगन्जले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का विषयमा ठेकेदारका पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

ad

पूर्वाधार निर्माणका क्षेत्रमा बदनाम कहलिएको पप्पु कन्स्ट्रक्सनका नाममा अन्तिरिम आदेश जारी गरिएको हो । डुन्डुवा सिँचाइ प्रणालीको नियमअनुसार काम नगरेको भन्दै सिक्टा सिँचाइ आयोजनाले गत कात्तिक २१ गते कोस्टल–पप्पु जेभीसँग ठेक्का तोडेको थियो ।

ठेक्का तोडेलगत्तै कम्पनीको धरौटी जफत गर्न र कालोसूचीमा राख्न आयोजनाले क्रमशः प्राइम कमर्सियल बैंक तथा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको थियो । यता ठेकेदार आफूमाथि गलत नियतले कारबाही गरेको भन्दै नेपालगन्ज उच्च अदालत पुगेको थियो ।

ad

सुरुमा अन्तरिम आदेश जारी गर्न नमानेको अदालतले बुधबार (मंसिर १२ गते) भने ठेकेदारकै पक्ष लिएर निर्णय गरेको छ । तत्कालका लागि धरौटी जफत र कालोसूचीमा राख्ने काम यथावत राख्न अदालतले निर्देशन दिएको आयोजनाका सूचना अधिकारी प्रकाशहादुर कार्कीले जानकारी दिए ।

अदालतले बुधबार निर्णय गरी बिहीबार आयोजनालाई निर्देशन पठाएको थियो । अब कसरी काम गर्ने वा कसरी अघि बढ्ने भन्नेबारे कानुनी परामर्श भइरहेको कार्कीले बताए ।

आयोजनाले ठेक्का तोड्नुअघि नै ठेकेदारले आफ्नो धरौटी जफत गर्न सक्ने आशंका रहेको भन्दै अदालतमा रिट निवेदन दिएको थियो । कालोसूचीमा पर्न सक्ने विषय पनि उसले रिटमा उल्लेख गरेको थियो । अहिले अदालतलाई नै प्रभावमा पारेर निर्णय गराएको आयोजनाका कर्मचारीको भनाइ छ ।

ठेकेदारले आयोजनाकै लापरबाहीका कारण काम नभएको दाबी गर्दै आएको थियो । ठेकेदारको करिब १० करोड रुपैयाँल बैंकमा धरौटी राखेको छ । कूल ठेक्का रकम करिब ९८ करोड ८१ लाख रुपौयाँ हो । यसमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८८ लाख रुपैयाँ धरौटी हो ।

सन् २०१६ जुन २० तारिख (२०७३ असार ६ गते) मा सम्झौता भएको थियो । ठेकेदारले सन् २०१८ अक्टोबर ८ (२०७५ असोज २२ गते) सम्म जम्मा ६.९ प्रतिशतमात्र काम गरेको छ ।

डुन्डुवा खोलाबाट बग्ने ३ क्यूमेक्स पानीबाट बाँकेमा सिँचाइ पुर्याउने गरी सुरुमा काम अघि बढाइएको थियो । साउदी फन्डको सहयोगमा लक्षित काम नभएपछि फन्डले सहयोग उपलब्ध गराउन नसक्ने जनाएको थियो ।

पछिल्लो समय सिक्टाबाट आउने पानीमध्ये १५.५ घनमिटर डुन्डुवामा मिसाएर बाँकेको करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ । जुन काम अहिले पप्पुले अलपत्र छोडेको छ ।

डुन्डुवा सम्बन्धित समाचार

डुन्डुवा सिँचाइ ठेक्का प्रकरण, ‘पप्पु कन्स्ट्रक्सन’को अन्तरिम आदेश खारेज

डुन्डुवा सिँचाइको ठेक्का प्रकरण, ‘पप्पु कन्स्ट्रक्सन’को १० करोड धरौटी जफत गरिँदै

सिक्टा अन्तर्गत डुन्डुवा सिँचाइको ठेक्का तोडियो, ठेकेदार ‘पप्पु कन्स्ट्रक्सन’ कालोसूचीमा

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="