Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५१७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५३१५ मे.वा. घन्टा
  • भारत : ११४७४ मे.वा. घन्टा
  • ट्रिपिङ : १२० मे.वा. घन्टा
  • माग : २५४२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मेट-लाइफको प्रिमियम अब इ-सेवाबाट तिर्न सकिने

ऊर्जा खबर फागुन २६, २०७५   376

बैंक



काठमाडौं– अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट-लाइफको प्रिमियमको भुक्तानी इ–सेवा मार्फत तिर्न सकिने भएको छ । मेट लाइफको भुक्तानी इ-सेवामार्फत गर्न सकिने आइतबार सम्झौता भएको हो ।

अनलाइन प्रिमियम भुक्तानी सम्झौतामा इ-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार इ-सेवाबाट सेवाग्राहीले ८ वटा निर्जिवन बीमा कम्पनीको प्रिमियम भुक्तानी गर्न पाउनेछन् ।

इ-सेवाले आइतबारबाट फोन पे सेवा पनि सुरु गरेको छ । ‘हाम्रो सहकार्यले जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर अथवा एजेन्टसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गरेको छ,’ सापकोटाले भने, ‘अब बिमितले घरमै बसेर सजिलै प्रिमियम भुक्तानी गर्न सक्नुहुन्छ ।’

मेटलाइफका उपाध्यक्ष श्रेष्ठले सेवाग्राहीको माग अनुसार नै इ-सेवासँग सहकार्य गरिएको बताए ।
इ-सेवाले देशभरका ४५ हजार बढी एजेन्टमार्फत ७५ लाख बढी जनतालाई सेवा दिँदै आएको छ । इ-सेवाको मोबाइल एप डाउनलोड गरेर सेवा लिने ग्राहक १० लाख बढी छन् ।

इ-सेवाबाट मोबाईल, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज बसको टिकटलगायत २ हजार बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="