Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युतीय बस खरिदमा अझै अन्योल, ३ अर्ब महिनौंदेखि थन्कियो

टेनिस रोका मङि्सर १५, २०७६   221

छापा



काठमाडौं, सरकारले प्रदूषणरहित उपत्यका बनाउने र सार्वजनिक यातायातलाई बढावा दिने योजनाअन्तर्गत विद्युतीय बस खरिदका लागि छुट्याएको ३ अर्ब रुपैयाँ महिनौंसम्म थन्किएको छ ।

सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएको विद्युतीय बस कस्तो ल्याउने भन्ने विषयमा नै अन्योलता सिर्जना भएको हो ।
विद्युतीय बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातको ३ अर्ब रुपैयाँको सेयर खरिद गरेको पाँच महिना बित्दासमेत खरिद प्रक्रिया अन्योलमा छ ।

ad

पछिल्लो समय ‘स्पेसिफिकेसन’ (कस्तो बस खरिद गर्ने भन्ने विवरण)का विषयमा मन्त्रालय र साझा यातायातबीच विवाद देखिएको छ । मन्त्रालयले ‘स्पेसिफिकेसन’ फरक गरेर साझाले बस खरिद गर्न खोजेको आरोप लगाएको छ । साझाले भने मन्त्रालयले सामान्य खाका मात्र उपलब्ध गराएको र त्यसमा अध्ययन अनुसन्धानपछि मन्त्रालय र यातायात व्यवस्था विभागका प्रतिनिधिसहित छलफल गरेर आवश्यक परिमार्जन मात्र गरेको जनाएको छ । कतिपयले भने यसअघिका मन्त्री रघुवीर महासेठ र अन्य कर्मचारीको आर्थिक लेनदेनमा आकांक्षा पूरा हुनुले ढिलाइ भएको अनुमानसमेत गरेका थिए । मन्त्री महासेठ पदबाट हटेका छन् भने साझाका पदाधिकारले नयाँ मन्त्री वसन्त नेम्वाङसँग पनि भेट गरिसकेका छन् । मन्त्री नेम्वाङले आफू भर्खर आएको भन्दै बुझेर निर्णय गर्ने जवाफ दिएका छन् ।

सरकारले ३ सय विद्युतीय बस खरिद गर्न साझा यातायातलाई गत असारमा ३ अर्ब रुपैयाँ निकासा दिएको थियो । तर, लामो समय काममा प्रगति नभएको र स्पेसिफिकेसन पनि फरक परेको भन्दै मन्त्रालयले गत असोजमा प्रक्रिया स्थगन गर्न पत्र  काटेको थियो ।

साझा यातायात भने स्पेसिफिकेसन पर्याप्त नभएकाले थोरै मात्र परिमार्जन गरिएको बताउँछ । साझाका कार्यकारी निर्देशक भूषण तुलाधारले मन्त्रालयले खाका पठाएको र त्यसमा विस्तृत अध्ययन गरेर केही परिमार्जन गरिएको बताए । ‘हामीले मन्त्रालयले दिएको प्रारम्भिक खाकामा केही परिमार्जन मात्र गरेका थियौं, त्यो पनि मन्त्रालय र यातायात व्यवस्था विभागका प्रतिनिधिको छलफलकै आधारमा गरिएको थियो,’ तुलाधारले राजधानीसँग भने ।

सरकारले दिएको ‘स्पेसिफिकेसन’ र साझाले बस खरिदका लागि गरेको तयारीमा भिन्नता आएको भन्दै मन्त्रालयले प्रक्रिया रोक्न पत्र काटेपछि अन्योलता छाएको छ । साझाले पहिला तोकेको भन्दा फरक मापदण्डमा बस खरिदको बोलपत्र आह्वान गर्न लागेपछि त्यसलाई रोकिएको मन्त्रालय स्रोत बताउँछ । कार्यकारी निर्देशक तुलाधारले भने मन्त्रालय र विभागका प्रतिनिधिको छलफलबाट केही परिमार्जन गरेर बोर्ड बैठकमा लैजाने क्रममा मन्त्रायलले यथास्थितिमा राख्न निर्देशन दिएको बताए ।

सरकारले विद्युतीय बस सञ्चालन गर्न बजेटमै रकम विनियोजन गरे पनि खरिद प्रक्रिया भने अन्योलमा नै छ । सन् २०२० सम्म २० प्रतिशत विद्युतीय सवारी साधन पु¥याउने सरकारी घोषणा कागजमै सीमित हुने अवस्थामा पुगेको छ ।

विद्युतीय बसको ढिलाइप्रति चौतर्फी चासोसमेत बढेर गएको पाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले एक टेलिभिजन अन्तर्वार्तामार्फत बस खरिदमा भएको ढिलाइप्रति असन्तुष्टि पोखेका छन् । ‘हामीलाई त बजेट निकासापछि तत्काल नै बस खरिद भएर सडकमा गुड्छन् भन्ने लाग्थ्यो, यसका लागि मन्त्रालयले ३ अर्ब रुपैयाँसमेत निकासा गरेको छ,’ उनले भने ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका पाँचवटा विद्युतीय बस पनि मापदण्डविपरीत रहेको भन्दै थन्किएर बसेका छन् । ६ कात्तिक २०७५ मा साझा बसको प्रांगणमा तामझामका साथ प्रधानमन्त्री ओलीले बिजुलीको बसको उद्घाटन गरेका थिए । ती बस लामो समय त्यतिकै थन्किएर बसेका हुन् ।

लुम्बिनी विकास कोषका लागि भनेर एसियाली विकास बैंकको सहयोगमा आएका ती बस भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म साझा यातायातले काठमाडौंमा चलाउने भन्दै काठमाडौं ल्याइएको थियो । लुम्बिनी विकास कोषले पर्यटकको आवतजावतमा सहजताका लागि उक्त बस ल्याएको थियो । कोषले सञ्चालन गर्नेगरी पाँचवटा बस खरिद गरेको थियो । बीवाईडी कम्पनीसँग पर्यटन मन्त्रालयले १० करोडमा पाँचवटा बस किनेको थियो । ती बसको उद्घाटन भए पनि काठमाडौंका सडकमा गुड्नेबारे अन्योल छ ।

सरकारी योजनाका बस अलपत्र र अन्योल अवस्थामा रहे पनि निजी क्षेत्रबाट भने बस खरिद गरेर सञ्चालन हुँदै आएको छ । सुन्दर यातायात प्रालिले चीनबाट बिजुली बस ल्याएर हाल चक्रपथमा सञ्चालन गर्दै आएको छ । २३ भदौमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बिजुली बसको उद्घाटन गरेका थिए ।

राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="