Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युतीय कारमा छुटैछुट

समिर रेग्मी असार २४, २०७६   1805

छापा



पछिल्लो समयमा जलवायु परिवर्तनको समस्या विश्वव्यापी चिन्ताको विषय बनिसकेको छ । जलवायु परिवर्तनले अतिवृष्टि, अनावृष्टि, हिउँ पग्लने, अत्यधिक चिसो र तापमानमा अत्यधिक वृद्धि हुनेजस्ता समस्या देखिएका छन् । केही समय अगाडि भारतकै तेस्रो ठूलो सहर चेन्नइ पानीविहीन भएको र पेरिसमा हालसम्मकै उच्च तापक्रम भएको समाचार बाहिरिएको छ ।
यी सबै जलवायु परिवर्तनका कारण भएका छन् । जलवायु परिवर्तनमा सवारी साधनको प्रदूषण पनि मुख्य कारक बन्दै आएको छ । यो अवस्थामा विश्वका कतिपय मुलुकले समयसीमा नै तोकेर विद्युतीय सवारी साधनमात्रै प्रयोग गर्ने सोच बनाएका छन् । यस किसिमका मुलुकमा भारत पनि रहेको छ । भारत प्रदूषणको ठूलो शिकार बन्दै आएको छ । यो अवस्थामा भारतले यस वर्षको बजेटमाा विद्युतीय कारलाई प्रोत्साहन गर्नका लागि भारी छुटको पनि व्यवस्था गरेको छ ।
२०१९ को बजेटमा विद्युतीय कारलाई बढावा दिनका लागि विभिन्न कदम उठाइएको छ । विद्युतीय कारलाई लोकप्रिय बनाउनका लागि भारत सरकारले यसमा लाग्ने जीएसटीको कटौतीका साथै यो कार किनेमा आय करमा पनि छुट दिने व्यवस्था गरेको छ ।

१२ प्रतिशतबाट कटौती गरेर ५ प्रतिशत
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बजेट भाषणका क्रममा विद्युतीय कारमा जीएसटीको दर १२ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरेकी छन् । सरकारले यसका लागि जीएसटी परिषद्मा यो प्रस्ताव पठाएको छ । यसै महिना हुने जीएसटी परिषदको बैठकमा यसको दरमा फैसला हुन सक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

साढे दुई लाखसम्मको छुट
सरकारको यो फैसलापछि विद्युतीय सवारीको मूल्य ओरालो लाग्ने छ । यसका अतिरिक्त बजेट भाषणमा अर्थमन्त्री निर्मला सीतारमणले घोषणा गर्दै विद्युतीय कारको खरिद गर्नका लागि लिइने ऋणको व्याजदरमा आय करमा साढे २ लाख रुपैयाँसम्मको छुट दिइने बताएकी छन् ।

१ खर्ब ६० अर्बको सहुलियत
बजेट पेश गर्दै निर्मला सीतारमणले भनिन्, “सरकारले पहिले नै २०१९ को अप्रिलदेखि लागू भएको फेम–२ योजनाका अनुसार विद्युतीय कारको खरिदमा सहुलियत दिइरहेको छ । यसका लागि सरकारले १ खर्ब ४० अर्ब रुपैयाँ जारी गरेको छ । यसले खरिदमा मात्रै लाभ नहुने भई पूरै देशमा चार्जिङ पूर्वाधारको नेटवर्क बनाउन सकिन्छ ।”

राष्ट्रिय राजमार्गमा ग्रिड बन्ने
उनले राष्ट्रिय राजमार्गमा ग्रिड बनाउने बताएकी छन् । बिहीबार प्रस्तुत आर्थिक सर्भेमा उनले विद्युतीय सवारीको ब्याट्री चार्जिङका लागि पूर्वाधार बढाउने योजनाको घोषणा गरेकी छन् ।

चार्जिङ सबैभन्दा ठूलो अवरोध
विद्युतीय सवारीको लोकप्रियताको सर्वाधिक ठूलो अवरोध भनेको चार्जिङ रहेको छ । सवारी साधनलाई पूरै रुपमा चार्जिङ गर्नका लागि धेरै समय लाग्छ । विद्यमान फास्ट चार्जरमा पनि एउटा विद्युतीय कारको पूरै चार्ज गर्नका लागि डेढ घन्टाको सयम लाग्छ । ढिलो चार्ज हुने चार्जरबाट चार्ज गर्दा कमसेकम ८ घन्टाको अवधि लाग्छ ।

युनिभर्सल चार्जरको आवश्यकता
रिपोर्टका अनुसार यसका अतिरिक्त भारतको एक ठूलो समस्या भनेको युनिभर्सल चार्जर हो । भारतमा युनिभर्सल चार्जर्स स्ट्यान्डर्ड छैन र यस किसिमको पूर्वाधार राख्नका लागि लगानी बढाउनु आवश्यक छ । भारतमा विद्युतीय सवारीको लोकप्रियता बढ्न नसक्नुमा भारतीय सडकमा संशाधनको कमी रहनु हो ।
जैविक इन्धनको उच्च प्रयोग यतिखेर संसारकै निम्ति जटिल बन्दै गएको छ । इन्धनको उपलब्धताका साथै यसको अधिक प्रयोगले वातावरणमा पर्न गएको असरबारे संसार नै चिन्तित छ । पछिल्लो समय अमेरिका र इरानबीच जारी वाक्युद्धले कतिपय मुलुक इन्धन अभावको मार खपिरहेका छन् । यसको सिकार छिमेकी भारत पनि बन्दै आएको छ । भारत सिकार भएपछि नेपाल उसै पनि मिसिने नै भयो । यसै कुरालाई ध्यानमा राख्दै नेपाल सरकारले पनि आगामी मौद्रिक नीतिमार्फत् इलेक्ट्रिक भेहिकललाई प्रोत्साहन गर्ने नीति अघि सार्न लागेको छ ।
सरकारले जैविक इन्धनबाट चल्ने सवारी तथा पार्टपुर्जा आयातमा ‘सर्ट टर्म’ कर्जा सुविधा रोक्न र अटोलोनमा समेत कडाइ गर्न निर्देशन दिने तयारी गरेको छ । नेपालमा अहिले विद्युतीय सवारी महँगा छन् । भारतमा जस्तै सरकारले इलेक्ट्रिक गाडीका प्रयोगकर्तालाई कर छुटका अतिरिक्त ऋणमा समेत सहजता ल्याइदिनु जरुरी छ । विद्युतीय सवारीलाई प्रोत्साहन त आवश्यक छ नै साथमा त्यसका निम्ति आवश्यक चार्जिङ स्टेसनमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।

तीन इलेक्ट्रीक कार ल्याउँदै महिन्द्रा

नेपाली बजारमा विगत एक दशकदेखि इलेक्ट्रीक गाडीको बिक्री हुँदै आएको भएपनि विगत एक वर्षदेखि संख्यात्मक रुपमा यसको बिक्री बढेको छ ।
पछिल्लो समय संसारभरका विभिन्न अटोमोबाइल कम्पनी इलेक्ट्रीक सवारी साधनको उत्पादनमा केन्द्रीत भएका छन् । नेपालमा भने अधिकांश सवारी भारतीय बजारमा उत्पादन भएर आउँछन् । विश्वभर नै इलेक्ट्रिक सवारी उत्पादन गरिरहेका बेला महिन्द्राले भारतमा तीनवटा मोडल उत्पादन गर्दैछ ।

महिन्द्रा इ केयूभी १००
भारतीय गाडी उत्पादक कम्पनी महिन्द्राले ‘इ केयूभी १००’ उत्पादन गरिरहेको छ । कम्पनीले आफ्नो नयाँ इलेक्ट्रीक कारमा ३० किलोवाटको मोटर र लिथियम आयन व्याट्री दिने जनाएको छ ।नयाँ इ–केयूभी १०० मा समयानुकुल अपडेट हुने क्षमतासहितको ब्याट्री प्रयोग हुनेछ । इ–केयूभी १०० ले फुल चार्जमा १ सय ४० किलोमिटर माइलेज दिने कम्पनीले बताएको छ ।
यो कारमा फास्ट चार्जिङको सुविधासमेत हुनेछ । फास्ट चार्जरले चार्ज गर्दा ३० मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ । यो कारमा स्मार्टफोन कनेक्टिभिटी, क्याबिन प्रि–कुलिङ, लोकेसन ट्राकिङ लगायत विशेषता दिइने बताइएको छ ।

एस्पाएर इभी
फोर्डले महिन्द्रासँगको सहकार्यमा निर्माण गरिरहेको फोर्ड एस्पायर इभी पूर्ण इलेक्ट्रीक कार हो । यो कार आगामी वर्ष भारतमा सार्वजनिक हुने भएको छ । यसमा ३८० भी लिथियम आयन ब्याट्री प्याक छ । यसमा दिइएको मोटरले ८२ एचपी पावर उत्पादन गर्छ भने फुल चार्जमा २०० किलोमिटर कुद्ने जनाइएको छ ।

महिन्द्रा एक्सयूभी ३०० इलेक्ट्रीक
महिन्द्राले २०२० को अगस्ट महिनासम्ममा महिन्द्रा एक्सयूभी ३०० को इलेक्ट्रीक भेरियन्ट सार्वजनिक गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ ।
दुई ब्याट्री प्याक अप्सनमा आउने यो इलेक्ट्रीक कारले फुल चार्जमा २०० किलोमिटर रेन्ज प्रदान गर्छ । यसको टप इन्ड भेरियन्टमा उपलब्ध ब्याट्रीले ३५० देखि ४०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।
२०१८ को अटो एक्स्पोमा प्रदर्शन भएको यस इलेक्ट्रीक मोडलमा ३ फेज एसी डिडक्सन ३१ किलोवाट इलेक्ट्रीक मोटर लगाइएको थियो ।

कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="