Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चीनले बनायो विद्युतीय हवाई जहाज, एक पटकमा ३ सय किलोमिटर उडान

ऊर्जा खबर कार्तिक १४, २०७६   3393

अन्तर्राष्ट्रिय



काठमाडौं । चीनले विद्युतबाट चल्ने विद्युतीय हवाई जहाज निर्माण गरेको छ । विश्वभर विद्युतीय कार तथा बसको लहर चलिरहेका बेला चीनले ४ सिट र १२ सय किलो तौल भएको विद्युतीय हवाई जहाजकाे सफल  निर्माण गरेको हो ।

विद्युतबाट चार्ज हुने ब्याट्रीले चल्ने हवाई जहाजको उत्तरपूर्वी सेन्याङ सहरमा  सफलतापूर्वक परीक्षण उडान गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार परीक्षणका क्रममा विद्युतीय हवाई जहाजले करिब ३ सय किलामिटर उडान भरेको छ ।

ad

आरएक्सफाेरइ नाम दिइएको विद्युतीय हवाई जहाजले एक पटक चार्ज भएको ब्याट्रीबाट उक्त दुरीको उडान भरेको हो । परीक्षण सफल भएकाे विद्युतीय हवाई जडाज छाेटाे दुरीकाे उडानका लागि उपयाेगी हुने बताइएकाे छ ।

पाइलटको प्रशिक्षण, दृश्यावलोकन, एरियल फोटोग्राफी तथा नक्साङ्कन कार्यका लागि पनि उपयोगी हुने लियावनिङ जनरल एभिएसन रिसर्च इन्स्टिच्युटलाई उदृद्ध गर्दै सिन्ह्वाले जनाएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="