Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६५४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४१४ मे.वा. घन्टा
  • भारत : ९३१६ मे.वा. घन्टा
  • ट्रिपिङ : ६० मे.वा. घन्टा
  • माग : २२३३७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘२ वर्ष पेट्रोलमा खर्च हुने रकमले विद्युतीय सवारी खरिद गर्न पुग्छ’

ऊर्जा खबर पुष २२, २०७६   2981

बिजुली गफ



काठमाडौं । क्लिन इनर्जी नेपाल प्रालिले एक दशकदेखि २ पाङ्ग्रे तथा ३ पाङ्ग्रे विद्युतीय सवारी साधनको बिक्री वितरण गर्दै आएको छ । चीनबाट आयात भएका मोटरसाइकल, स्कुटर तथा सफारी (विद्युतीय रिक्सा) लगायत विद्युतीय सवारी हाम्रो कम्पनीले बिक्री गर्छ । अहिलेसम्म ७ सय बढी मोटरसाइकल तथा स्कुटर बिक्री भइसकेका छन् ।

सुरुवाती चरणमा विद्युतीय सवारीको बजार राम्रो थिएन । लोडसेडिङका कारण पनि प्रवर्द्धन हुन सकेन ।  ब्यापार नाफामुखी थिएन । विद्युतीय रिक्साको बजार राम्रो भए २ पाङ्ग्रेको बिक्री सहज थिएन । तर, अहिले सर्वसाधारणको अवधारणा बदलिँदै गएको छ । दुई पाङ्ग्रे विद्युतीय सवारीप्रति उनीहरुको चासो बढेको छ ।

विशेष गरी युवा पुस्ताको आकर्षण यस्ता सवारी साधनमा बढिरहेको छ । अबको आवश्यकता विद्युतीय सवारी नै हो भन्ने अवधारणा सर्वसाधारणले बनाउन थालेका छन् । तर, हाम्रो अहिलेको प्रमुख आवश्यकता के हो र कस्ता प्रकारका सवारी चढ्ने भन्नेबारेमा स्पष्टता देखिँदैन ।  विद्युतीय सवारीप्रति चासाे बढे पनि देखासिकीको अवस्था हाबी छ ।

दुई पाङ्ग्रे विद्युतीय सवारी जतनसाथ चलाउने हो भने पेट्रोलबाट चल्नेको तुलनामा सस्तो पर्छ । सावधानी नअपउँदा समय अगावै ब्याट्री खराब हुने समस्या देखिन सक्छ । हामीले दिएको निर्देशन पालना गरेर चलाउनेहरूको २ पाङ्ग्रे सवारी राम्रोसँग चलिरहेका छन् । एउटा मोटर साइकलले खपत गर्ने पेट्रोल र विद्युतीय मोटरसाइकल तथा स्कुटरले खपत गर्ने ब्याट्रीको तुलनामात्र गर्ने हो भने पनि विद्युतीय नै सस्तो हुने प्रमाणित हुन्छ ।

२ वर्ष पेट्रोलमा खर्च हुने बराबरको रकमले विद्युतीय सवारी नै खरिद गर्न पुग्छ । एक/ दुई सय रुपैयाँ दैनिक पेट्रोलमा खर्च भएको हामी हिसाब गर्दैनौं । विद्युतीय सवारीमा एकै पटक ब्याट्रीको मूल्य हेरिन्छ । यही कारण महंगो भयो भन्ने आम बुझाइ छ । तर, एक वर्ष धान्ने गरीको पेट्रोलको रुपमा ब्याट्री किनिरहेका हुन्छौं । त्यसकाे हिसाब हुँदैन । यसकारण पनि पेट्रोलबाट चल्नेभन्दा विद्युतीय दुई पाङ्ग्रे सवारी ५० प्रतिशत सस्तो छ ।

यी २ बीचमा ऊर्जा खपत गर्ने तरिका नै फरक छ । विद्युती सवारीले एक्सिलेटर बन्द भएकाे अवस्थामा ऊर्जा खपत गर्दैन । ब्रेक लगाउँदा उल्टै विद्युत उत्पादन हुन्छ । इन्धनबाट चल्ने सवारीमा इन्जिन बन्द नहुँदासम्म इन्धन खपत भइरहन्छ । उकालो उक्लिँदा पनि विद्युतीयले जति आवश्यक पर्छ त्यतिमात्रै ऊर्जा खपत गर्छ । तर, इन्धनबाट चल्नेले एक्सिलेटरमा पर्ने दबाबअनुसार नै बढी इन्धन खपत गरिरहेको हुन्छ ।

२ पाङ्ग्रे विद्युतीय सवारीका फाइदा धेरै छन् । यो सर्वसाधारणको पहुँचमा छ । इन्धनबाट चल्नेको तुलनामा बजार मूल्य सस्तो छ । चलाउन पनि सजिलो छ । मर्मत खर्च न्युन छ । नियमित सर्भिसिङ गर्नुपर्दैन । धुवाँ नफाल्ने हुँदा वातावरणमैत्री छ । कार्वन उत्सर्जन घटाउँछ । स्वच्छ ऊर्जाको खपत हुने हुँदा पेट्रोल आयात प्रतिस्थापनमा योगदान पुग्छ । विदेशिने रकम जाेगिन्छ ।

विद्युतीय सवारी साधनको संख्या नबढ्नुमा ब्याट्री स्टोरेजको समस्या प्रमुख कारण हो । ग्राहकले लामो समय टिक्ने ब्याट्रीको खोज्ने हुँदा विद्युतीय सवारीको संख्या बढ्न सकिरहेको थिएन । लिथियुएम आएन ब्याट्रीको आविस्कारपछि याे समस्या केही हदसम्म समाधान हुने देखिएको छ ।

लिथियुएम आएन ब्याट्रीको बजार मूल्य घटिरहेकाले केही वर्षभित्र प्रविधिका कारण पनि विद्युतीय सवारी सबैको पहुँचमा पुग्ने प्रक्षेपण गर्न सकिन्छ । आविश्कार हुने क्रममा रहेका ब्याट्री प्रयोगमा आउन थालेपछि विद्युतीय सवारी नै विश्वको आवश्यकता हुनेछ । विद्युतीय सवारीको भविश्य उज्वल छ ।

पाैडेलसँगकाे कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="