Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चक्रपथमा विद्युतीय बस सञ्चालनमा, भाडा तिर्न यात्राकार्डको प्रयोग

ऊर्जा खबर भदौ २३, २०७६   1400

खबर



काठमाडौं सुन्दर यातायात ट्रेडर्स प्रालिले उपत्यकामा विद्युतीय बस सेवा सुरु गरेको छ । सरकारले विद्युतीय सवारी प्रवर्द्धनमा जोड दिएसँगै निजी क्षेत्रले विद्युतीय सवारीलाई महत्त्व दिएको हो ।

सोमबारदेखि सञ्चालनमा ल्याइएको बस अहिलेलाई चक्रपथमा सञ्चालन हुनेछ । कम्पनीले सुरुमा २ वटा बस किनेको छ । बस सञ्चालनको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।

ad

उपत्यकाको बढ्दो प्रदुषण नियन्त्रण तथा विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यले बस किनिएको कम्पनीले जनाएको छ । आगामी एक वर्षभित्र विद्युतीय सवारी देशभरि सञ्चालनमा ल्याउने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार यो वर्षभित्र उपत्यकामा २५ बस थपिनेछ ।

‘चिनियाँ कम्पनी बिएकेसँग ५० वटा बस किन्न सम्झौत गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘हामी यसरी विद्युतीय सवारी प्रवद्र्धनमा लाग्नेछौं ।’ नेपाली सडक र पूर्वाधार विद्युतीय सवारीमैत्री रहेको चिनियाँ कम्पनी बिएकेका प्रमुख कार्यकारी अधिकृत लियो ज्यान लिनले बताए । उनका अनुसार नेपाल चिनको सम्बन्ध राम्रो बनाउन थप सवारी ल्याउने प्रयास हुनेछ ।

चिनियाँ कम्पनीे बिएकेले निर्माण गरेको बस करिब १ करोड ६२ लाख रुपैयाँमा किनिएको जनाइएको छ । उक्त बसमा चालकसहित ४० सिट रहेको र सुरक्षाका लागि सिसी क्यामेरा समेत जडान गरिएको छ ।

बसमा जिपिएस, उभिएर यात्रा गर्न ह्याङगर लगायत सुविधा छ । कम्पनीले भाडा लेनदेनमा कठिनाई नहोस भनेर पब्लिक रिचार्ज कार्डको व्यवस्था गरेको छ । सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडा दर नतोके पनि यात्राकार्ड लागू गरेकाले एक पटकको यात्रामा २० प्रतिशत छुट हुने जनाएको छ । कम्पनीले २ सय १५ रुपैयाँको यात्राकार्ड आफैंले बेच्ने भएको छ ।

यस्तै, एनसेल, नेपाल टेलिकमलगायत दूर सञ्चार प्रदायक कम्पनीसँग मोबाइलको ब्यालेन्सबाट भाडा तिर्न मिल्ने सम्झौता गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल बस रिङरोड (चक्रपथ) भित्र चल्नेछ । यी बस पूर्ण चार्ज गरेपछि २ सय ६५ किलोमिटरसम्म गुड्नेछन् । यसको उच्चतम गति प्रतिघन्टा ६७ किलोमिटर तोकिएको छ ।

सुन्दर यातायातले गत भदौ १७ गते (मंगलबार) मात्र काठमाडौंस्थित भत्केको पुलमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो । कम्पनीले निर्माण सुकेधारा र सितापाइलामा पनि छिट्टै चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस