Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

११ वर्षभित्र १७ लाख सवारी विद्युतीयमा रूपान्तरण गर्ने लक्ष्य

ऊर्जा खबर असार १२, २०७६   1031

खबर



काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले अबको ११ वर्षभित्र विद्यमान सवारी मध्ये ५० प्रतिशत विद्युतीयमा रूपान्तरण गरिने बताएका छन् । पेट्रोलियम पदार्थको बढ्दो आयात प्रतिस्थापन गर्न यसो गर्नुपर्ने बताएका हुन् ।

इनर्जी डेभलपमेन्ट काउन्सिलले बुधबार आयोजना गरेको ‘विद्युती सवारी प्रवद्र्धन’ अन्तरक्रिया तथा बहसमा मन्त्री पुनले विद्युत खपत बढाउन पनि विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताए । ‘पछिल्लो १० वर्षमा पेट्रोलियम आयात ४ गुणाले बढेको छ,’ उनले भने, ‘आयातित पेट्रोल, डिजेल सबै यातायात सञ्चालनमै खर्च भएको छ ।’

यातायात व्यवस्था विभागका अनुसार अहिले देशमा करिब ३५ लाख ३९ हजारभन्दा बढी सवारी दर्ता छन् । यिनलाई विद्युतीयमा रूपान्तरण गर्न झन्डै ८ खर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

आधा तथा झन्डै १७ लाख सवारी विद्युतीयमा रूपान्तरण गर्दा ४ खर्ब रुपैयाँ चाहिन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युतीय सवारी सञ्चालन बढाउन ‘चार्जिङ स्टेसन’ कार्यविधि पनि बनाइरहेको छ ।

काठमाडौं उपत्यकामा चलेको ट्रली बस र सफा टेम्पोेबारे सबै जानकार भएको बताउँदै पुनले सरकारले पनि आउने दिनमा विद्युतीय सवारीको संख्या बढाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले विद्युतीय सवारी प्रवद्र्धन गरेरै आयातित ऊर्जामाथिको परनिर्भरता घटाउन सकिने बताए ।

सरकारले सन् २०३० भित्र सञ्चालनमा रहेका सवारीमध्ये ५० प्रतिशत विद्युतीयमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । मन्त्रालयले यही लक्ष्यअनुसार काम गरिरहेको मन्त्री पुनको भनाइ थियो । अहिले निर्माणाधीन जलविद्युत आयोजना सम्पन्न भएपछि पर्याप्त विद्युत हुने र यसबाट सजिलै विद्युतीय सवारी चलाउन सकिने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="