Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२ सय ११ स्थानीय तहका सबै जनतामा विद्युतीय पहुँच, ९१ ग्रामीण तह अझै टुकीको भरमा

ऊर्जा खबर जेठ २६, २०७६   1110

खबर



काठमाडौं- देशका २ सय ११ स्थानीय तहमा राष्ट्रिय प्रसारण प्रणालीबाट पूर्णरूपमा विद्युतकाे पहुँच पुगेकाे छ । ती क्षेत्रमा विद्युतीय सेवा पुगेकाे सरकारले हालै सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षण अनुसार १ हजार १ सय ४२ मेगावाट विद्युत केन्द्रीय प्रणालीमा जोडिँदा ९१ वटा स्थानीय तहका जनता अझै टुकीको अँध्यारोमा जिविका चलाइरहेका छन् । ४ सय ५१ स्थानीय तहमा आंशिक विद्युत सेवा पुगेको छ । यहाँको आधा जनसंख्या विद्युत सेवाबाट बञ्चित छन् ।

गत फागुनसम्ममा सबैभन्दा धेरै प्रदेश–३ का स्थानीय तहमा विद्युतीकरण भएको छ । यस प्रदेशका २७ नगरपालिका र २७ वटै गाउँपालिकाका सबै जनतामा विद्युतको पहुँच पुगेको छ ।

५९ स्थानीय तहमा आंशिक विद्युत सेवा पुगेको छ । यहाँका ६ गाउँपालिकामा विद्युतीकरण नहुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य छन् । गत आवको तथ्याङ्क अनुसार यो प्रदेशमा कूल ३ सय ६२ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडिएको रिर्पोटमा उल्लेख छ ।

यस्तै, गण्डकी प्रदेशका नगरपालिका र गाउँपालिका गरी ४४ वटा स्थानीय तहका जनतामा पूर्ण क्षमताको विद्युत पहुँच पुगेको छ । ३५ स्थानीय तहमा आंशिकरूपमा विद्युत आपूर्ति हुँदै आएको छ । यो प्रदेशमा पनि ६ वटा स्थानी तह अझै विद्युत पहुँचबाट बाहिर छन् ।
गत असारसम्मको तथ्याङ्कअनुसार यो प्रदेश अन्तर्गत ४ सय ८१ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।

यसैगरी, १ सय ६२ मेगावाट विद्युत उत्पादन गरिरहेको प्रदेश–१ का १३ गाउँपालिका विद्युत पहुँचबाट बाहिर छन् । यहाँका २५ वटा स्थानीय तहमामात्रै पूर्ण क्षमताको विद्युत सेवा पुगेको छ । ९९ वटा तहका आधा जनताले विद्युत सेवा लिइरहेका छन् ।

भौगोलिकरूपमा सुगम मानिएको प्रदेश-२ का सबै स्थानीय तहमा विद्युत सेवा पुगेको छ । १ सय ३६ स्थानीय तहमध्ये ३७ वटामा पूर्णरूपमा विद्युतीकरण भएको छ । ९९ स्थानीय तहका सबै वडामा आंशिक पुहँच पुगेको रिर्पोटमा जनाइएको छ । प्रदेशले सबै तहमा विद्युतको पूर्ण पहुँच पुर्याउन सौर्य विद्युत आयोजना अघि बढाउँदैछ ।

३८ वटा स्थानीय तहमा पूर्ण क्षमताको विद्युत पहुच पुगेको प्रदेश-५ मा ८ वटा स्थानीय तहका जनता अझै अँध्यारोमा छन् । यस प्रदेशमा १७ वटा नगरपालिका र ४६ वटा गाउँपालिकामा आंशिक विद्युतीकरण भएको छ । यस प्रदेशले २१.२७ मेगावाट विद्युत उत्पादन गरेर ग्रिडमा जोडेको छ ।

विद्युतको पहुँचबाट कर्णाली प्रदेश सबैभन्दा पछि परेको छ । यो प्रदेशका ४३ वटा स्थानीय तहका जनता अँध्यारो जीवन बाँचिरहेका छन् । गत फागुनको तथ्याङ्कअनुसार यहाँका ३६ स्थानीय तहका जनतामा आंशिक विद्युत पहुँच पुगेको छ । प्रदेशमा निर्माण भएका जलविद्युत आयोजना र सौर्य ऊर्जा प्रविधिबाट ७.१७ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

यस्तै, सुदुरपश्चिम प्रदेशका ४ नगरपालिका र ११ गाउँपालिकामा अझै विद्युतको पहुँच पुग्न सकेको छैन् । यस प्रदेशका ९ नगरपालिका र २ गाउँपालिकाका सबै जनताले विद्युत सेवा पाइरहेको रिर्पोटमा उल्लेख छ । १९ नगरपालिका र ४१ गाउँपालिकाका आधा जनतालेमात्रै सेवा लिइरहेका छन् । प्रदेशको जडित क्षमता ४०.१० मेगावाट छ ।

दिगो विकासको लक्ष्य अनुसार अबको ११ वर्षभित्र सबै जनतामा ऊर्जाको सहज पहुँच पुर्याउन ऊर्जामा लगानी बढाउनु पर्ने रिर्पोटको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="