Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

७२१ ग्राहकको लाइन काटियो, विद्युत चोर्ने १०६ जना कारबाहीमा

यशोदा सुनुवार पुष ३०, २०७५   3305

खबर



काडमाठौं– नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले ९६ लाख ९८ हजार ३ सय २५ रुपैयाँ बक्यौता विद्युत महसुल असुलेको छ । केन्द्रले चालू आर्थिक वर्षको ५ महिनामा उक्त रकम असुल उपर गरेको हो ।

लामो समयसम्म महसुल नबुझाउने ७ सय २१ ग्राहको लाइन काटी बक्यौता असुली सुरु गरेको केन्द्रले जनाएको छ । केन्द्रअन्तर्गत १ करोड ४४ हजार ९ सय रुपैयाँ बक्यौता बाँकी थियो ।

लाइन काटिएका ग्राहकमध्ये ६ सय ८ जनाले जरीवाना सहितको बक्यौता तिरेका छन् । बाँकी रकम बुझाउने ग्राहकको लाइन जोडिएको पनि केन्द्रले जनाएको छ । केन्द्र अन्तर्गत अभैm १ सय १३ ग्राहकको ३४ लाख ७ हजार रुपैयाँ बक्यौता बाँकी छ ।

हुकिङ गरेर विद्युत चोर्ने १०६ जना कारबाहीमा

इटहरी वितरण केन्द्रले हुकिङ गरेर विद्युत चोरी गर्ने १ सय ६ ग्राहकलाई पक्राउ गरी कारबाही गरेको छ । केन्द्रले चालु वर्षको ५ महिनामा विद्युत चोरीमा संलग्न स्थानीयलाइ पक्राउ गरी कारबाही गरेको हो ।

कारबाहीमा परेका ग्राहकबाट जरिवाना स्वरूप ८ लाख ४ हजार १ सय ६२ रुपैयाँ असुली गरेको छ । विद्युत चोरीमा प्रयोग भएका उपकरण जफत गरेर कसुरअनुसार जरिवाना असुल गरिएको केन्द्रले जनाएको छ ।

प्राधिकरणको विद्युत चोरी नियन्त्रण अभियानका क्रममा प्रहरी सहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेर कारबाही गरेको छ । केन्द्रले गत साउनदेखि विद्युत चुहावट घटाएर ७.९१ प्रतिशतमा झारेको छ । साउनमा त्यहाँको चुहावट १३.७९ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="