विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सर्लाही र महोत्तरीमा हुकिङ गरेर विद्युत चोरी गर्ने ३८ पक्राउ

ऊर्जा खबर कार्तिक १६, २०७५ 2838

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले सर्लाही र महोत्तरीमा हुकिङ गरेर विद्युत चोरी गर्ने ३८ जनालाई पक्राउ गरेको छ । ससस्त्र र जनपथ प्रहरीसँगको सहकार्यमा रातको समयमा गस्तीमा गएको प्राधिकरण टोलीले विभिन्न गाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्राधिकरण लालबन्दी वितरण केन्द्रले गए राती हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा २४ जना स्थानीय पक्राउ गरेको छ । केन्द्रले ईश्वरपुर र हरिपुर नगरपालिका गस्तीका क्रममा चोरी गरिरहेका स्थानीयलाई पक्राउ गरेको हो ।

रामपुर, खैरा, बेला, ईश्वरपुर र हरिपुरको जुनपाटीबाट उनीहरुलाई पक्राउ गरिएको केन्द्र प्रमुख विजय महतोले बताए । उनका अनुसार पक्राउ परेका २४ मध्ये २१ जनालाई इलाका प्रहरी कार्यलय वेलवासमा र अन्य ३ लाई इलाका प्रहरी कार्यालय नवलपुर राखिएको छ ।

विद्युत चोरीमा प्रयोग भएका उपकरण जफत गरेर उनीहरु विरुद्ध कारबाही अघि बढाइएको पनि महतोले बताए । विद्युत चोरीमा प्रयोग भएका उपकरणको आधारमा कारवाही स्वरुप उनीहरुबाट ३ लाख १६ हजार जरिवाना असुल गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ ।

यस वितरण केन्द्र अन्तर्गत अहिले वितरण प्रणालीमा उपलब्ध विद्युतको २४.८९ प्रतिशत चुहावट हुँदै आएको छ । चालु आर्थिक वर्षमा मौजुदा विद्युत चुहावट ७.२१ प्रतिशतले घटाएर १७.६८ प्रतिशतमा झार्ने केन्द्रको लक्ष्य छ ।

महोत्तरीमा पनि १४ जना पक्राउ
प्राधिकरणले महोत्तरीमा पनि हुकिङ गरेर विद्युत चोरी गर्ने १४ जनालाई पक्राउ गरेको छ । प्राधिकरणको गौशाला वितरण केन्द्रले चुहावट नियन्त्रण अभियान अन्तर्गत गए राती सञ्चालन गरेको गस्तीका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

विद्युत चोरीमा उपयोग गरेका उपकरण जफत गरेर १ लाख ६ हजार ६ सय ५६ रुपैयाँ जरिवाना असुल गरिएको वितरण केन्द्रका इन्जिनियर महेन्द्रकुमार दासले बताए । वितरण केन्द्र अन्तर्गतको भरतपुर, फुलकहाँ र विशारपुर लगायतका गाउँबाट उनीहरुलाई पक्राउ गरेर कारवाही गरिएको हो ।

अहिले कसुर अनुसारको जरिवाना असुल गरेर उनीहरुलाई छाडिएको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्र अन्तर्गत अहिले २८ प्रतिशत विद्युत चुहावट हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="