Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रुपन्देहीमा विद्युत चोरी गर्ने ३ हजार २ सय ६३ जनालाई कारबाही

ऊर्जा खबर माघ २५, २०७५   372

खबर



काठमाडौं– रुपन्देहीमा विद्युत चोरी गर्ने ३ हजार २ सय ६३ जना कारबाहीमा परेका छन् । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रले चालु वर्षको साढे ६ महिनामा उनीहरुलाई कारबाही गरेको हो ।

प्रहरीसँगको सहकार्यमा गरिएको गस्तीका क्रममा हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेर कारबाही गरिएको वितरण केन्द्र प्रमुख सञ्जयकुमार मिश्रले बताए । उनका अनुसार पक्राउ परेका स्थानीयबाट १ करोड ५५ लाख ३६ हजार ६ सय ७३ रुपैयाँ जरिवाना असुल गरिएको छ । गस्ती टोलीले विद्युत चोरीमा प्रयोग भएका उपकरण पनि जफत गरेको छ ।

केन्द्रले लामो समयदेखि विद्युत महसुल नबुझाउने ५ सय ९९ ग्राहकको लाइन काटेको छ । उनीहरुबाट १ करोड ३५ लाख ७० हजार ९ सय ९६ रुपैयाँ वितरण केन्द्रले असुल गरेको छ ।

यो अवधिमा ५९ जना ग्राहकको वर्गिकरण सुधार गरेर वितरण केन्द्रले २४ लाख ८९ हजार ७ सय ९१ रुपैयाँ थप आम्दानी गरेको छ ।
कालोसुचीमा परेका ग्राहकबाट पनि ७ लाख ८८ हजार ५ सय ७६ रुपैयाँ असुल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="