body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३ महिनामा बारामा २ सय ६७ विद्युत चोरलाई कारवाही, साढे ६३ लाख जरिवाना असुल

   असोज २४, २०७५        2409        ऊर्जा खबर

काठमाडौं– नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले चालु वर्षको ३ महिना अवधिमा २ सय ६७ विद्युत चोरलाई कारवाही गरेको छ । केन्द्रले गत साउन यता सञ्चालन गरेको नियमित गस्तीका क्रममा बाराका विभिन्न गाउँमा हुकिङ तथा मिटर बाइपास गरेर विद्युत चोरी गर्ने स्थानीयलाई पक्राउ गरी कारवाही गरेको हो ।

चुहावट नियन्त्रण अभियानअन्तर्गत प्रहरीसँगको सहकार्यमा उनीहरुलाई पक्राउ गरि ६३ लाख ६१ हजार ८ सय २७ रुपैयाँ जरिवाना असुल गरिएको वितरण केन्द्रका इन्जिनियर निर्मल फौजदारले बताए । उनका अनुसार स्थानीयको साथबाट विद्युत चोरीमा प्रयोग भएको बाइपास गरिएको मिटर, टेलिभिजन, फ्रिजलगायत उपकरण बरामद गरिएको छ ।

केन्द्रले १ सय ६३ वटा सिंगल फेज मिटर, ४३ वटा पानी तान्ने मोटर, ११ वटा टेलिभिजन सेट र २ वटा फ्रिज बरामद गरेको छ । उनीहरुलाई अब उपरान्त विद्युत चोरी नगर्ने सर्तमा कागज गराएर छोडिएको वितरण केन्द्रले जनाएको छ ।

केन्द्रले गत असोज १४ गते एकै रातमा ६४ जना विद्युत चोर पक्राउ गरेको थियो । पछिल्लो पटक सोमबार पनि हर्दिया, धर्मपूर, सुवर्ण गाउँपालिका विभिन्न स्थानबाट ४३ जना विद्युत चोर पक्राउ परेका छन् । उनीहरुलाई कारवाही गरी ५ लाख ४९ हजार ४ सय ५२ रुपैयाँ जरिवाना असुल गरिएको छ ।

यस वितरण केन्द्र अन्तर्गत अहिले ४८ प्रतिशत विद्युत चुहावट हुँदै आएको छ । चालु वर्षमा १० प्रतिशत चुहावट घटाएर ३५ प्रतिशतमा झार्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7