Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आर्थिक मन्दीको असर, उद्याेगधन्दा ठप्प हुँदा भारतमा विद्युत माग १३ प्रतिशतले घट्याे

ऊर्जा खबर कार्तिक २६, २०७६   2728

अन्तर्राष्ट्रिय



Power Demand

नयाँ दिल्ली । भारतीय अर्थ व्यवस्थामा देखिएको मन्दीले विद्युत मागमा तीव्र गिरावट आएको छ । गत आर्थिक वर्ष (सन् २०१८/१९) अक्टोबर महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा विद्युत खपत १३.२ प्रतिशतले घटेको हो ।

गत अक्टोवरसम्मको तथ्याङ्कअनुसार पछिल्लो १२ वर्षमा सबैभन्दा तीव्र गतिमा विद्युतको मागमा मासिक गिरावट आएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार भारतीय आर्थिक मन्दीका कारण उद्योगधन्दा नियमित सञ्चालन नहुँदा विद्युतको माग तीव्र गतिमा घटेको हो ।

ad

दक्षिण एशियाको आर्थिक विकासका लागि ऊर्जा महत्त्वपूर्ण मानिए पनि भारतको खपत परिमाण निरन्तर घट्नुले सन् २०२४ सम्ममा भारतीय अर्थ व्यवस्थालाई ५० खर्ब अमेरिकी डलरमा पुर्याउने सरकारी लक्ष्य पूरा नहुने विश्लेषण गरिएको छ ।

गत जेठमा भारतको कुल ग्राहस्थ उत्पादन (जिडिपी) पछिल्लो ६ वर्षमा न्युन विन्दुमा पुगेको थियो । यसको असर विद्युत खपतमा पनि परेको हो । उपभोक्ताको माग र सरकारी खर्चमा कमी आउँदा यसको असर विद्युत खपतमा पनि परेको भारतीय अर्थशास्त्रीले विश्लेषण गरेका छन् ।

‘औद्योगिक क्षेत्रमा आर्थिक मन्त्रीको जरो गहिरो देखिन्छ,’ दिल्लीस्थित नेशनल इन्टिच्युट अफ पब्लिक फाइनान्स एण्ड पोलिसी प्रोफेसर एनआर भानुमूर्तिले भने, ‘अहिलेको मन्दीले केही वर्षसम्मका लागि विकासको सम्भावनाका ढोका बन्द गरेको छ ।’

बढी विद्युत खपत हुने महाराष्ट्र र गुजरात राज्यको घटेको भारतीय केन्द्रीय विद्युत प्राधिकरणको पछिल्लो तथ्याङ्कले देखाएको छ । प्राधिकरणका अनुसार अक्टोबर महिनामा मात्र महाराष्ट्रको विद्युत माग २२.४ प्रतिशतले घटेको छ । गुजरात विद्युत माग पनि १८.८ प्रतिशतले घटेको छ ।

पूर्वी तथा उत्तरी राज्यमासमेत विद्युत खपत परिमाण क्रमशः घटेको छ । अधिक जनसंख्या रहेको उत्तर प्रदेश र मध्य प्रदेशमा विद्युत खपत घटेको छ । मध्य प्रदेशमा एक चौथाईले विद्युत माग घट्दा उत्तर प्रदेशमा ८.३ प्रतिशतले गिरावट आएको छ ।

विद्युत खपत परिमाण घट्नुले विकास दर पनि ५.८ प्रतिशतले घट्ने आंकलन अर्थशास्त्रीले गरेका छन् । सुस्त आर्थिक व्यवस्थाका कारण गाडीदेखि कुकीजसम्मको खरिद बिक्रीमा गिरावट आएको छ ।

राेयटर्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="