Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आयोग अध्यक्ष विरुद्धको मुद्दाको पेशी सर्यो, सिंह कुर्सी जोगाउने दौडधुपमा

ऊर्जा खबर मङि्सर ०३, २०७६   2368

खबर



काठमाडौं । विद्युत नियमन आयोेग अध्यक्षविरुद्ध तत्कालीन सचिव अनुपकुमार उपाध्यायले दायर भएको मुद्दाको पेशी दुई महिना सरेको छ । हिजो सोमबार (मंसिर २ गते) का लागि तोकिएको मुद्दाकाे पेशी आगामी माघ ५ गतेका लागि सरेकाे छ ।

सरकारले अध्यक्षमा नियमविपरित दिल्लीबहादुर सिंहलाई आयोग अध्यक्षमा नियुक्त गरेको भन्दै उपाध्यायले मुद्दा दायर गरेका थिए । सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलाशमा परेको थियो ।

ad

सरकारले के कति कारणले सिंहलाई नियुक्त गरेको हो यसबारे विस्तृत विवरण पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा गत असार १ गते कारण देखाऊ आदेश जारी भएको थियो । उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई गत जेठ ३० गते मुद्दामा दर्ता गराएका थिए ।

सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिफारिस गरेका नाममध्येबाट नियुक्ति भएका व्यक्ति होइनन् । नियमअनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा मन्त्रालयले नियुक्ति प्रक्रियाको सूची नै मन्त्रिपरिषद् पेश गरेको थियो । कानुनअनुसार सिंह पदमा रहिरहन अयोग्य रहेको एक कानुन व्यवसायीले बताए ।

नियुक्ति भएलगत्तै कुर्सी हल्लिएपछि अध्यक्ष सिंह पद जोगाउन दौडधुप गरिरहेको आयोग सदस्यहरू बताउँछन् । यही कारण उनी कार्यालय पनि मध्यान्न १ बजे आउने गरेको आयोगका एक अधिकारीले बताए । पछिल्लाे समय उनकाे कार्यशैलीबाट मन्त्रालय पनि सन्तृष्ट देखिएकाे छैन ।

उपाध्याय सहित विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतकुमार भुसाल पनि आयोग अध्यक्षका प्रतिस्पर्धी थिए । मन्त्रिपरिषदले गत बैशाख २३ गते आयोग अध्यक्षमा सिंहसहित सदस्यहरू नियुक्तिको निर्ण गरेको थियो ।

मन्त्रिपरिषदले अध्यक्षमा उपाध्याय नाममात्र सिफारिस गरेको भन्दै लामो समयसम्म पदाधिकारी नियुक्ति प्रक्रिया रोकेको थियो । पुनः सिफारिस गर्न भन्दै फिर्ता पठाएको प्रस्तावउपर मन्त्रालयले सिफारिसको फाइल नै पठाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="