Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सेयर निष्कासन निर्देशिका, ९५ प्रतिशत काम सकेका कम्पनीले मात्र आइपिओ उठाउन पाउने

ऊर्जा खबर असार ०७, २०७६   2354

सेयर



काठमाडौं– ऊर्जा तथा जलविद्युत आयोजना निर्माण गरिरहेका कम्पनीले आफूखुसी साधारण वा हकप्रद सेयर निष्कासन गर्न नपाउने भएका छन् । यस्ता कम्पनीले सुरु गरेका आयोजनाको काम ९५ प्रतिशत पूरा भएमात्र सेयर निष्कासनको अनुमति पाउने छन् ।

विद्युत नियमन आयोगले तयार गरिरहेको ‘विद्युत सम्बन्धी कम्पनी वा संस्थाहरूको सेयरको सार्वजनिक निष्कासन निर्देशिका, २०७६’ मा उक्त व्यवस्था गरिएको छ । ऊर्जा तथा जलविद्युत आयोजना निर्माण र सञ्चालन गरिरहेका कम्पनीले सर्वसाधारणको लगानी हिनामिना हुने गरी पैसा उठाएको गुनासो बढेपछि यस्तो व्यवस्था गर्न लागेको उल्लेख छ ।

निर्माणाधीन आयोजना जहाँ ७० प्रतिशत बैंकले ऋण लगानी गरेका हुन्छन् । र, स्वपुँजी लगानी सकिएर काम पूरा नभएको अवस्थामा एक पटकमात्र आइपिओ निष्कासन गर्न दिइने पनि निर्देशिकामा उल्लेख छ ।

आइपिओ (साधारण सेयर) निष्कासन गर्न पनि निर्माणाधीन आयोजनाको काम ५० प्रतिशत पूरा हुनुपर्ने सर्त छ । पछिल्लो समय सुरुमै आइपिओ निष्कासन गर्ने र संस्थापकले आफ्नो लगानी सुरक्षित गर्ने गलत परिपाटी विकास हुँदै गएको छ । यसबाट सर्वसाधारण मारमा परेको सर्वसाधारणकै गुनासो छ ।

निर्देशिकाको दफा ४ मा निष्कासन हुने सेयरबाट प्राप्त रकम उपयोग सम्बन्धमा स्पष्ट वित्तीय योजना तथा रणनीति कम्पनीको साधारणसभाबाट पारित हुनुपर्ने उल्लेख छ । यस्तै, संस्थापकबाट जारी पुँजी शतप्रतिशत चुक्ता भएको, आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन भएको हुनुपर्ने छ ।

आयोगको बैठक बसेर आज (शुक्रबार) निर्देशिका टुंगो लगाउने तयारी थियो । तर, प्राविधिक कारणले बैठक बस्न नसक्दा निर्देशिका टुंग्याउन नसकिएको आयोग प्रवक्ता रामप्रसाद धितालले बताए ।

याे पनि पढ्नुहाेस्

जलविद्युत कम्पनीलाई लगाम, अब आइपिओपछि हकप्रद सेयर निष्कासन गर्न नपाइने

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="