Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कर्मचारी अभावले छटपटिँदै आयोग, ५५ विज्ञ करारमा राख्न मन्त्रालयसँग सहमति माग

ऊर्जा खबर श्रावण २२, २०७६   3528

खबर



काठमाडौं— विद्युत नियमन आयोगले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग ५५ जना कर्मचारी करार वा परामर्शदाताका रूपमा राख्न वा नियुक्त गर्न सहमति मागेको छ ।

दरबन्दी स्वीकृति गरेर स्थायी पदपूर्ति गर्न समय लाग्ने र आयोगको दैनिक काममा समेत समस्या भएको भन्दै उक्त सहमति मागिएको हो । आयोगले योजना तथा नियमन, महसुल दर तथा आर्थिक विश्लेषण र प्राविधिक तथा इन्जिनियरिङ विभाग गठन गरेको जनाएकाे छ ।

ad

उल्लेखित विभागसहित सचिवालयलाई आवश्यक कर्मचारी पठाइदिनुहुन वा ५५ जना विज्ञ तथा कर्मचारी करारमा भर्ना गर्न स्वीकृति प्रदान गर्नुहुन भन्दै आयोगले पत्र लेखेको छ । आयोगमा सउन १ गतेदेखि विद्युत विकास विभागका १६ जना कर्मचारी करारमा कार्यरत छन् । विद्युत विभागमै कर्मचारी अभावले प्रभावकारी रूपमा कार्यसम्पादन हुन नसकेको त्यहीँका अधिकारीहरूले बताउँदै आएका छन् ।

आयोगले योजना तथा नियमन, महसुल दर तथा आर्थिक विश्लेषण र प्राविधिक तथा इन्जिनियरिङमा क्रमशः ५ जना र ९–९ जना कर्मचारी माग गरेको छ । यस्तै, सचिवालयका लागि २० कर्मचारी आवश्यक रहेको पत्रमा उल्लेख छ ।

आयोगले करिब एक साता अघि मन्त्रालयलाई पत्र लेख्दै ऐन तथा नियमावलीले निर्देश गरेअनुसारका काम अगाडि बढाउन अत्यन्त गाह्रो भएकाले स्थायी पदपूर्ति नहुँदासम्म आवश्यक कर्मचारी पठाइदिन पनि आग्रह गरेको छ । आयोग अध्यक्ष दिल्लीबहादुर सिंहले कर्मचारी अभावले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउँदै आएका छन् ।

अध्यक्षसहित अायाेग पदाधिकारीले गत बैशाख २५ गते पद तथा गाेपनियताकाे सपथ लिएर २६ गतेदेखि कार्यभार सम्हालेका थिए । जिम्मेवारी सम्हालेकाे करिब ३ महिनामा विद्युतसम्बन्धी कम्पनीकाे सेयरकाे सार्वजनिक निष्कासन सम्बन्धी निर्देशिका जारी गरेकाे छ । यस्तै, विद्युत खरिद दरसम्बन्धी निर्देशिका तयार गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="