Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आयाेगले सेयर निर्देशिका ल्यायो, एक आयोजनाका लागि उठाइएको रकम अर्कोमा लगानी गर्न रोक

ऊर्जा खबर असार १७, २०७६   2768

सेयर



काठमाडौं– ऊर्जा तथा जलविद्युत आयोजना निर्माण गरिरहेका कम्पनीले जारी गर्ने सेयर व्यवस्थापन तथा अनुगमन गर्न विशेष खालको निर्देशिका जारी भएको छ । विद्युत नियमन आयोगले काम सुरु गरेको करिब डेढ महिनामै निर्देशिका ल्याएको हो ।

आयोग पदाधिकारीले गत बैशाख २५ गते कार्यभार सम्हालेका थिए । ‘विद्युत सम्बन्धी कम्पनी वा संस्थाहरूको सेयरको सार्वजनिक निष्कासन निर्देशिका, २०७६’ ले आफूखुसी साधारण वा हकप्रद सेयर निष्कासन गर्न रोक लगाएको छ । यस्ता कम्पनीले साधारण सेयर जारी गर्न पनि आयोजनाको काम ९५ प्रतिशत पूरा भएको हुनुपर्ने सर्त छ ।

यसअघिको मस्यौदामा एक पटक साधारण सेयर निष्कासनपछि पुनः हकप्रद वा अन्य कुनै प्रकारको सेयर निष्कासन गर्न नपाउने उल्लेख थियो । तर, अन्तिम मस्यौदामा आयोजनाको निर्माण ९५ प्रतिशत पूरा भएको र रकम अभावले रोकिने अवस्था आए काम पूरा गर्नमात्र निष्कासन गर्न पाउने गरी सर्त खुकुलो बनाइएको छ ।

सञ्चालक समितिले मंगलबार निर्देशिका सार्वजनिक गरेकाले तुरुन्त लागू हुने आयोगका प्रवक्ता रामप्रसाद धितालले बताए । ‘पूरा हुन लागेका आयोजनाको हकमा धेरै कडा पनि हुनु भएन,’ उनले ऊर्जा खबरसँग भने, ‘निर्माणको प्रगति हेरेर काम पूरा गर्नमात्र दोस्रो पटक सेयर उठाउन दिइने छ ।’

आयोजना पूरा गर्नका लागि उठाइएको थप रकम वा हकप्रद सेयर बैंकको ऋण तिर्न वा अर्को आयोजनामा लगानी गर्न नपाइने सर्त छ । तर, प्रवद्र्धकहरूले यसमा असहमति जनाएका छन् । आयोजना निर्माण र सञ्चालन गरिरहेका कम्पनीले सर्वसाधारणको लगानी हिनामिना हुने गरी पैसा उठाएको गुनासो बढेपछि कडाई गरिएको आयोगले जनाएका छ ।

कम्पनीले दोस्रो पटक थप रकम उठाउन वा हकप्रद सेयर जारी गर्न चाहे साधारण सेयर (आइपिओ) जारी भएको २ वर्ष पूरा हुनुपर्ने छ । साथै, आयोजना पूरा गर्न कूल पुँजीको १० प्रतिशतमात्र उठाउन पाउने उल्लेख छ ।

निर्माणाधीन आयोजना जहाँ ७० प्रतिशत बैंकले ऋण लगानी गरेका हुन्छन् । र, स्वपुँजी लगानी सकिएर काम पूरा नभएको अवस्थामा एक पटकमात्र आइपिओ निष्कासन गर्न दिइने पनि निर्देशिकामा उल्लेख छ ।

आइपिओ निष्कासन गर्न पनि निर्माणाधीन आयोजनाको काम ५० प्रतिशत पूरा हुनुपर्ने सर्त छ । पछिल्लो समय सुरुमै आइपिओ निष्कासन गर्ने र संस्थापकले आफ्नो लगानी सुरक्षित गर्ने गलत परिपाटी विकास हुँदै गएको छ । यसबाट सर्वसाधारण मारमा परेको गुनासो छ ।

निर्देशिकाको दफा ४ मा निष्कासन हुने सेयरबाट प्राप्त रकम उपयोग सम्बन्धमा स्पष्ट वित्तीय योजना तथा रणनीति कम्पनीको साधारणसभाबाट पारित हुनुपर्ने उल्लेख छ । यस्तै, संस्थापकबाट जारी पुँजी शतप्रतिशत चुक्ता भएको, आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन भएको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="