Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४२४ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९४०७ मे.वा. घन्टा
  • भारत : ८४२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०६७३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

साझा यातायातलाई युरो-४ मापदण्डका २० बस हस्तान्तरण

ऊर्जा खबर असार १७, २०७६   520

पेट्रोलियम



काठमाडौं- भारतीय बस उत्पादक अशोक लेलैण्ड कम्पनीले साझा यातायातलाई युरो-४ मापदण्ड पुगेका २० वटा बस हस्तान्तरण गरेको छ । कम्पनीले राजधानीमा विशेष अवसर पारेर साझालाई वातावरणमैत्री बस हस्तान्तरण गरेको हो ।

लेलैण्डले युरो-४ मापदण्डको वातावरणमैत्री ‘ल्यन्क्स स्मार्ट’ बस साझालाई हस्तान्तरण गरेर नेपालमा बिक्री वितरणको सुरुवात गरेको कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता आइएमई मोटर्स प्रालिले जनाएको छ ।

ad

आधुनिक प्रविधिको प्रयोग हुने गरी युरो-४ मापदण्डको डिजाइन तयार गरेर बस निर्माण गरिएको आइएमई मोटर्सको दाबी छ । नेपालमा चल्न सुरु भएको बसले अनिवार्य मापदण्डभन्दा बढी सुरक्षा प्रदान गर्ने उसको भनाइ छ । यात्रीमैत्री मानिएकाले अब युराे-४ मापदण्डका बसको बिक्री वितरण नियमित गर्ने पनि आइएमई मोटर्सले जानकारी दिएको छ ।

अशोक लेलैण्ड हिन्दुजा ग्रुप अन्तर्गतको भारतीय कम्पनी हो । यस कम्पनीले सन् १९४८ देखि व्यवसायिक गाडी उत्पादन गर्दै आएको छ । आइएमई मोटर्स प्रा. लि. नेपालका लागि अशोक लेलैण्ड व्यावसायिक गाडीको आधिकारिक बिक्रेता हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="