Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४२४ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९४०७ मे.वा. घन्टा
  • भारत : ८४२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०६७३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इन्धनको मापदण्ड परिमार्जन

राजेश बर्मा असार २०, २०७६   615

पेट्रोलियम



काठमाडौं : सरकारले इन्धनको मापदण्ड परिमार्जन गरेको छ। गुणस्तर तथा नापतौल विभागले इन्धनतर्फ रहेको ‘युरो टू’ सम्बन्धी नेपाल गुणस्तरको मापदण्ड परिमार्जन गरी ‘युरो फोर’ बनाएको छ। २०७० देखि नेपाल आयल निगमले युरो फोर मापदण्डको इन्धन कारोबार सुरु गरे पनि हालसम्म युरो टू कै मापदण्ड लागू भइरहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर परिषद्ले मट्टीतेल, डिजेल र मोटर ग्यासोलाइनको मापदण्डमा दोस्रोपटक संशोधन गरी युरो फोरमा स्तरोउन्नति गर्ने निर्णय गरेको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बजारमा युरो फोर मापदण्डको इन्धन कारोबार भइरहँदा मापदण्ड युरो हुँदा गुणस्तरसम्बन्धी नियमनमा कठिनाइ आइरहेको थियो।

ad

गुणस्तर तथा नापतौल विभागले इन्धनतर्फ रहेको ‘युरो टू’ सम्बन्धी नेपाल गुणस्तरको मापदण्ड परिमार्जन गरी ‘युरो फोर’ बनाएको छ।

‘बजारमा युरो फोर मापदण्डको इन्धनको प्रयोग भइरहेको छ’, पुडासैनीले भने,‘तर हामीसँग युरो टू कै मापदण्ड थियो। पुरानो मापदण्डका आधारमा नयाँ प्रविधिको इन्धनलाई सूक्ष्म रूपमा गुणस्तरसम्बन्धी नियमन गर्न प्राविधिक समस्या आइरहेको थियो। यसले गर्दा वैज्ञानिकरूपमा नियमन गर्न सकेका थिएनौं।’ विभागले यसअघि २०५७ मा युरो वनसम्बन्धी नेपाल गुणस्तरलाई परिमार्जन गरी युरो टू मा गएको थियो।

यस्तै विभागले अर्डिनरी पोर्टल्यान्ड सिमेन्टलाई पनि ३ श्रेणीमा वर्गीकरण गरेको छ। ३ श्रेणीमा वर्गीकरण गरी मापदण्ड स्वीकृत गरेको छ। हालसम्म अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट श्रेणीविहिन थियो। विभागले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट ३३ ग्रेड, ४३ ग्रेड र ५३ ग्रेड भनेर श्रेणी तोकेर नेपाल गुणस्तर निर्धारण गरेको हो। यस्तै रेफ्रिजरेसनसम्बन्धी तयार पारिएको विभिन्न मापदण्ड पनि स्वीकृत गरेको छ।

अन्नपूर्ण पाेष्ट दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="