काठमाडौं । नेपाल आयल निगमले युरो-६ मापदण्डको इन्धन बिक्री वितरणका लागि तयारी सुरु गरेको छ । निगमले आगामी बैशाखदेखि युरो-४ लाई युरो–६ मापदण्डको इन्धनले प्रतिस्थापन गर्न आवश्यक तयारी सुरु गरेको हो ।
भारतीय आयल कर्पोरेशन (आइओसी) का इन्धन प्रशाेधन केन्द्रले युराे–६ मापदण्डण्डकाे इन्धन प्रशाेधन सुरु गर्न लागेकाले नेपालमा पनि युराे–४ इन्धन प्रतिस्थापन हुन लागेकाे निगमका नावय कार्यकारी निर्देशक (बजार व्यवस्था) शुशील भट्टराईले बताए । उनका अनुसार युरो–६ मापदण्डको इन्धनको बिक्री वितरण सुरु गर्नुअघि भण्डारण ट्याङ्की सफा गर्ने, डिपोमा अर्थिङ गर्ने, डिपोको चेकजाँच गर्नेलगायतका काम निगमले गरिरहेकाे छ ।
यूरो–६ मापदण्डको इन्धन अति प्रज्वलनशिल हुने हुँदा सुरक्षा सतर्कताका लागि आवश्यक सबै तयारी सुरु गरेकाे उनले बताए । ‘युरो–४ को इन्धनलाई युरो–६ ले प्रतिस्थापन गर्दैछौं,’ उनले भने, ‘चैतदेखि नै युरो–४ मापदण्डको इन्धन आयात रोकिन्छ । बैशाखदेखि उपभाेक्ताले युराे–६ मापदणडकाे इन्धन पाउनु हुन्छ । ’
आइओसीले अबको ३ महिनापछि इन्धन बिक्री वितरण प्रणालीलाई यूरो–६ मापदण्डको बनाउन लागेकाले इन्धनको गुणस्तरमा हुने सुधारबाट नेपाले पनि लाभ लिन पाउने उनकाे भनाइ छ ।
यूरो–६ को इन्धन बिक्री वितरण हुन थालेपछि अहिलेको प्रदुषण न्युनिकरणमा टेवा पुग्ने भट्टराईको दाबी छ । युरो–४ को इन्धनमा ( ‘पर्टिकुलर म्याटर’ ०.०२५ रहेकामा युरो–६ मा ०.००५ मात्रै हुने हुँदा कार्बन उत्सर्जनमा कमी आई प्रदुषण घट्ने उनले बताए ।
सल्फरकाे मात्रा पनि युराे–४ मा भन्दा युराे–६ इन्धनमा कम हुन्छ । युराे–४ मा सल्फर ५० पिपिएम रहनेमा युराे–६ काे इन्धन वितरण हुन थालेपछि १० पिपिएम मात्र हुनेछ ।
आइओसीले सन् २०२० देखि युरो–६ मापदण्डको इन्धन बिक्री वितरण गर्ने सुरु गर्दैछ । त्यसको ३ महिनापछि नेपालमा पनि युरो–४ मापदण्डको इन्धन पूर्णरूपमा प्रतिस्थापन हुने निगमले जनाएको छ । निगमले २०७४ बैशाखदेखि युराे–४ मापदण्डकाे इन्धनकाे बिक्री वितरण सुरु गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस