Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वैशाखदेखि युरो ६ मापदण्डको इन्धन

ऊर्जा खबर कार्तिक २२, २०७६   217

छापा



काठमाडौं । नेपाल आयल निगमले आगामी वैशाखदेखि देशभर युरो ६ मापदण्डको इन्धन उपलब्ध गराउने भएको छ। निगमले चैत अन्तिम सातादेखि हाल वितरण भइरहेको युरो ४ मापदण्डको इन्धन पूर्ण रूपमा विस्थापित गर्दैछ। उपभोक्ताले आगामी वैशाखदेखि युरो ६ मापदण्डको इन्धन सहज रूपमा खरिद गर्न पाउनेछन्।

भारतीय आयल कर्पोरेसन (आईओसी) को रिफाइनरी केन्द्रले पनि आगामी मार्चपछि युरो ४ मापदण्डको इन्धन उत्पादन पूर्ण रूपमा बन्द गरी युरो ६ मापदण्डमा जाँदै छ। निगमले आईओसीले उत्पादन गर्ने इन्धन खरिद गरी नेपालमा भित्र्याउँदै आएको छ।

ad

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार निगमले अनौपचारिक रूपमा असोजदेखि नै अनौपचारिक रूपमा युरो ६ मापदण्डको इन्धन ल्याउन दिने नीति कार्यान्वयनमा ल्याइसकेको छ। ‘निजी क्षेत्रले आफ्नो प्रयोजनका लागि युरो ६ मापदण्डको इन्धन ल्याउन खोजेमा हामीले अनुमति दिन थालेका छौं’, गोइतले भने, ‘व्यवसायीलाई भने ल्याउन दिइएको छैन।’

निगमको अनुमतिमा असोजदेखि एक जना सर्वसाधारणले आईओसीको मथुरा रिफाइनरीबाट २० हजार लिटर युरो ६ मापदण्डको इन्धन नेपाल भित्र्याइरहेका छन्। प्रतिलिटर ३६ भारुमा युरो ६ मापदण्डको पेट्रोल भित्र्याइएको हो। युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहनेको हकमा निगमले अनुमति पत्र उपलब्ध गराउँदै आएको छ।

गोइतकाअनुसार युरो ६ को इन्धनमा सल्फरको मात्रा १० पीपीएम मात्र उपस्थित हुने भएकाले यो इन्धनको प्रयोग गर्दा सवारी साधनबाट निकै कम मात्रामा प्रदूषण निष्कासन हुन्छ। इन्धन पनि गुणस्तरीय भएकाले सवारीसाधनले माइलेज बढी दिने र इन्जिनसमेत चाँडै नबिग्रिने उनको भनाइ छ।

युरो ६ मापदण्डको इन्धन प्रयोग गर्दा प्रदूषण थोरै परिमाणमा उत्सर्जन हुँदा यसले वातावरण सफा राख्ने निगमले जनाएको छ। युरो ४ मापदण्डको इन्धनमा ५० पीपीएम सल्फर हुन्छ। यसले गर्दा प्रदूषण पनि बढी उत्सर्जन हुन्छ। यसअघि सन् २०१७ को अप्रिलदेखि नेपालमा युरो ४ मापदण्डको इन्धन बिक्री गर्ने व्यवस्था मिलाइएको थियो।

अन्नपूर्ण पाेष्ट दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="