Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ठूला जलविद्युत विदेशीकै भागमा, ७ आयोजनामा ९ खर्ब बढीको लगानी बाचा

ऊर्जा खबर बैशाख ०, २०७६   981

खबर



काठमाडौं– पूर्वाधार तथा जलविद्युत विकासमा विदेशी लगानी भित्र्याउने योजना अनुसार गरिएको लगानी सम्मेलनमा चीन, कोरिया, बेलायतलगायत देशले ९ खर्ब रुपैयाँभन्दा बढी भित्र्याउने बाचा गरेका छन् ।

जलविद्युत र सौर्य विद्युत उत्पादनमा उक्त रकमबराबरको लगानी भित्र्याउने गरी विभिन्न कम्पनीहरूले लगानी बोर्डमा आवेदन दिएका हुन् । जलाशय र अर्धजलाशय ६ जलविद्युत र एउटा सोलार आयोजनाका लागि आवेदन प्राप्त भएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार ती आयोजनामा ८ अर्ब ४७ करोड ७० लाख अमेरिकी डलर (करिब ९ अर्ब ४३ अर्ब ३२ करोड रुपैयाँ) को आवेदन परेको छ । बोर्डले लगानीका लागि आवेदन दिने म्याद एक महिना थपेको छ ।

तमोर (७६२ मेगावाट), पश्चिम सेती (७५० मेगावाट) जलाशयका लागि १ अर्ब २२ करोड र १ अर्ब ४८ करोड डलर, एसआर सिक्स (६५२ मेगावाट) ९२ करोड ७० लाख डलरको आवेदन परेको छ । यस्तै, सुनकोसी दोस्रो र (१११० मेगावाट), सुनकोसी तेस्रो (५३६ मेगावाट) मा क्रमशः १ अर्ब ८० करोड र १ अर्ब डलरको आवेदन परेको बोर्डले जनाएको छ ।

यसैगरी, ५ सय ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्न ७५ करोड अमेरिकी डलर (करिब ८३ अर्ब रुपैयाँ) को प्रस्ताव परेको छ । विगतमा विभिन्न आयोजनामा लगानी प्रस्ताव आए पनि कार्यान्वयन हुन सकेको छैन ।

ठूला र महत्त्वपूर्ण आयोजना विदेशी लगानीका नाममा विदेशीलाई नै दिने तर स्वदेशी पुँजीमा काम गर्ने प्रतिबद्धता नहुनुले विद्युत उत्पादनमा सरकारको लक्ष्य पूरा हुने देखिँदैन । विदेशी पुँजीको भर परेर बस्दा २३ वर्षसम्म पश्चिम सेती अगाडि बढ्न सकेन । बूढीगण्डकी लगायत आयोजनाको हालत पनि उस्तै छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="