Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पुवाखोलाको विद्युतगृहमा आगलागी, मर्मत गरेर सुचारु गर्न ६ महिना लाग्ने

ऊर्जा खबर जेठ २, २०७६   2288

खबर



काठमाडौं- इलाममा सञ्चालित ३ मेगावाटको पुवाखोला जलविद्युत केन्द्रको विद्युतगृहमा आगलागी भएको छ । चालु अवस्थामा रहेको विद्युतगृहमा मंगलबार दिउँसो आगो लागेको हो ।

विद्युतगृह चलिरहेका बेला जेनेरेटरमा एक्कासी आगो लागेको लगानीकर्ता वीरेन्द्र न्यौपानेले बताए । उनका अनुसार विद्युतगृहका उपकरणमा आगो लागेर क्षति पुगेपछि अहिले विद्युत उत्पादन बन्छ ।

‘जलविद्युतगृह चलिरहेका बेला एक्कासी आगो उठ्यो भन्ने खबर आयो,’ उनले भने,‘ जेनेरेटर र टर्वाइन जलेर क्षतिग्रस्त भएका छन् ।’ क्षतिग्रस्त जलविद्युतगृहको मर्मत गरेर सञ्चालन गर्न ६ महिना लाग्ने पनि न्यौपानेले बताए ।

जलविद्युत केन्द्रले ४ वर्षदेखि नियमित विद्युत उत्पादन गर्दै आएको थियो । विद्युतगृहमा जडान भएका मुख्य उपकरण जलेर नष्ट भएकाले क्षतिको यकिन भइनसकेको प्रवर्द्धक जोशी हाइड्रो पावर कम्पनीले जनाएको छ । स्थानीयबासी, जनप्रतिनिधि, प्रहरी प्रशासनको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="