Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

देशकाे पूर्वी र मध्य भेगमा ३ दिन भारी वर्षा हुने, बाढीकाे सम्भावना

ऊर्जा खबर श्रावण २०, २०७६   363

जलस्रोत



काठमाडौं- देशको पूर्वी र मध्यपश्चिम भेगमा वर्षा भई नदी खोलामा पानीको सतह बढ्दा बाढी आउने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण अनुसार सोमबार, मंगलबार र बुधबार यस क्षेत्रमा भारी बर्षा भइ बाढी आउने  खतरा देखिएको हो ।

ad

मंगलबारसम्म पूर्वि र मध्य भेगमा मेघ गर्जनसहित भारी वर्षा हुने विभागको पूर्वानुमान छ । विभागका अनुसार मेघ गर्जँदा चट्याङ पर्ने सम्भावना पनि छ । भारी वर्षा भइ आज (सोमबार) साँझबाट ओखलढुङगा, रामेछाप, दोलखा, रसुवा, नुवाकोटलगायतका जिल्ला र चुरेबाट बहने नदीमा तुलानात्मक रुपमा पानीको सतह बढी बाढी आउने खतरा देखिएको छ ।

वर्षापछिको बाढीले नदी खोलाको पानी बस्तीमा प्रवेश गरी जनधनको क्षति हुनसक्ने भएकाले स्थानीयलाई सुरक्षित भएर बस्न विभागले आग्रह गरेको छ । बाढीको खतरा भएका नदी तथा खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क अवस्थामा रहन विभागले अनुरोध गरेको हाे । मनसुनको समय भएकाले वर्षा र बाढीको सम्भावना अझै रहेको विभागले जनाएको छ ।

यस्तै, मंगलबार दाङ, रोल्पा, रुकुम, दार्जुला, कन्चनपुरलगायतका जिल्लाको चुरे पहाडबाट बहने खोला नदीमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बुधबार कक्काई, बागमती, बबईलगायतका नदीको बहाव सामान्य बढ्ने सम्भावना रहेपनि झापा, मोरङ, काठमाडौं उपत्यका लगायतका जिल्लाका साना साना नदीको बहाव बढेर सतर्कता तह पुग्ने पूर्वानुमान गरिएको छ ।

देशका प्रमुख नदीहरु सप्तकोसी तथा नारायणी, कर्णाली, बबई र महाकालीमा समेत पानीको बहाब घटबढ भईरहे पनि खतराको स्तरभन्दा तलै रहने पूर्वानुमान शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="