Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भोटेकोसीमा भीषण बाढी, रसुवागढीका ४५ कर्मचारी क्याम्प छोडेर सुरक्षित ठाउँतिर

ऊर्जा खबर भदौ ०१, २०७६   5669

जलविद्युत



काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा भीषण बाढी आउँदा रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर बाहिरिएका छन् । नदीमा ठूलो बाढी आएको र कुनै पनि समय क्याम्पमा क्षति पुग्ने खतरा देखिएपछि उनीहरू सुरक्षित स्थानतिर गएका हुन् ।

भीषण बाढी आएकाले क्याम्पमा बस्न सुरक्षित नरहेको आयोजना प्रमुख छबि गैरेले बताए । ‘नेपालतर्फ बाढी आउने गरी ठूलो पानी परेको छैन,’ उनले ऊर्जा खबरसँग छोटो टेलिफोन कुराकानीमा भने, ‘चीनतिर ठूलो पानी परेकाले नदी अप्रत्यासितरूपमा बढ्दै आएको छ ।’

ad

यो समाचार तयार पार्दासम्म अर्थात् राती करिब १० बजेसम्म त्यहाँ कार्यरत सबै कर्मचारी एक घन्टाअघि नै सुरक्षित ठाउँमा गएर बसेको गैरेले जानकारी दिए । उनका अनुसार सबै कर्मचारी सुरक्षित रहेको र सुरक्षा निकायलाई पनि जानकारी गराइएको छ । नेपाली सेना तथा सशस्त्र प्रहरीको सम्पर्कमै रहेकाले धेरै आत्तिनुपर्ने अवस्था नरहेको पनि उनले बताए ।

‘क्याम्पभन्दा केही माथि खाली र सुरक्षित ठाउँ रहेकाले त्यही बसिरहेका छौं,’ गैरेले भने, ‘नदीमा पानी कति बेला घट्छ । त्यो अवस्था अवलोकन गरेर हामी क्याम्प झर्छौं ।’ रसुवा जिल्ला प्रशासन कार्यालयले पनि नदीमा पानीको बहाब बढ्दै गएकाले स्थानीयलाई सतर्क रहन सूचित गरेको उनले जानकारी दिए ।

चीनको सीमा नजिक निर्माणाधीन १ सय ११ मेगावाटको आयोजनाले पटक–पटक प्रकृतिक विपद् झेल्दै आएको छ । दुई वर्षअघि पनि नदीमा ठूलो बाढी आउँदा बाँधस्थलमा ठूलो क्षति पुगेको थियो । यस्तै, २०७२ सालको भूकम्पबाट पनि आयोजना नराम्रोसँग थलिएको थियो ।

प्रतिक्रिया दिनुहोस