Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपाल टेलिकमको एफटीटीएच सेवा धनकुटामा

ऊर्जा  खबर असार ०, २०७६   211

आइ सि टी



काठमाडौं– नेपाल टेलिकमले धनकुटामा पनि एफटीटीएच सेवा सुरु गरेको छ । टेलिकमले नवीन र अत्याधुनिक सुचना प्रविधिको रुपमा रहेको एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र इन्टरनेट प्रयोगमा ल्याउने सेवाको शुरुवात गरेको हो ।

कम्पनीले गत शुक्रबार धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनको सुभारम्भ गरेको थियो । टेलिफोनबाट प्रदेश न.१ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई फोन गरेर सेवाको उद्घाटन गरेका थिए ।

प्रदेश न.१ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानमा टेलिकमको महत्वपूर्ण सहयात्री रहेको राईले बताए । उनका अनुसार २०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।

टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा विस्तार गरेको छ । सेवा उपलब्ध गराउने क्रममा धनकुटामा प्रारम्भिक चरणमै शुभारम्भ गरिएको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले बताए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="