Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

५ वर्षमा १३ लाख ८८ हजार मेट्रिकटन ग्यास आयात

ऊर्जा खबर माघ १७, २०७५   1489

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले ५ वर्षमा १३ लाख ८८ हजार ६ सय ४१ मेट्रिकटन खाना पकाउने एलपि ग्यास आयात गरेको छ । निगमले आर्थिक वर्ष २०७०/७१ देखि २०७४/७५ को अवधिमा भारतबाट उक्त परिमाणको ग्यास आयात गरेर बिक्री वितरण गरेको हो ।

ad

आव २०७०/७१ मा २ लाख ३२ हजार ६ सय ६० मेट्रिकटन ग्यास आयात भएकामा ७१/७२ मा बढेर २ लाख ५८ हजार २ सय ९९ मेट्रिकटन पुगेको पुग्यो ।

आव २०७२/७३ मा भने ग्यास आयातको परिमाण १७ प्रतिशतले घटेको निगमको तथ्याङ्क छ । निगमका अनुसार यो वर्ष भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण ग्यास ढुवानी प्रभावित हुँदा आयातमा कमी आएको हो । यो वर्ष २ लाख १४ हजार १ सय ९४ मेट्रिकटन आयात भएको थियो ।

ad

नाकाबन्दीपछिको ग्यास आयातको परिमाण बढ्दै गएको छ । आव २०७३/७४ मा निगमले ३ लाख १२ हजार ९ सय २८ मेट्रिकटन ग्यास आयात गरेर बिक्री वितरण गर्यो । यो अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो ।

यस्तै, गएको आव २०७४/७५ मा पनि अघिल्लो वर्षको तुलनामा १८.१६८ प्रतिशतले वृद्धि भई ३ लाख ७० हजार ५ सय ६० मेट्रिकटन ग्यास आयात छिमेकी मुलुकबाट आयात गरिएको छ । यो तथ्याङ्क चालु वर्ष पनि बढ्ने देखिएको छ । चालु वर्ष ग्यासको माग बढेर ३ लाख ८४ हजार मेट्रिकटन पुग्ने निगमको प्रक्षेपण छ ।

ग्यास खपत गर्ने उपभोक्ताको संख्या वर्षेनी बढिरहेकाले ग्यास आयातको परिमाण पनि औषत वर्षिक १४ प्रतिशतले वृद्धि भइरहेको निगमले जनाएको छ । निगम एक्लैले ग्यासको आयात गरेर बिक्री वितरण गर्दै आएको छ । देशभरमा ग्यास भण्डारण गर्ने ५९ बोटलिङ प्लान्ट छन् । यी प्लान्टको भण्डारण क्षमता ६ हजार ८ सय २१ मेट्रिकटन छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="