Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६५४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४१४ मे.वा. घन्टा
  • भारत : ९३१६ मे.वा. घन्टा
  • ट्रिपिङ : ६० मे.वा. घन्टा
  • माग : २२३३७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

गुणस्तरहिन ग्यास उत्पादन गर्ने ६ उद्योगलाई कारबाही हुने

ऊर्जा खबर पुष १५, २०७६   691

पेट्रोलियम



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरित ग्यास उत्पादन गर्ने ६ उद्याेगलाई कारबाही गर्ने भएकाे छ । विभागले उपभाेक्तालाई गुणस्तरहिन ग्यास सिलिन्डर बिक्री गर्ने उद्याेगविरुद्ध कारबाही गर्न लागेकाे हाे ।

विभागले ती उद्याेगले उत्पादन गरेकाे ग्यास तोकिएको मापदण्डअनुसार गुणस्तरीय नभएकाे भन्दै स्पष्टीकरण मागेकाे छ । विभिन्न समयमा संकलित नमूनामा ६ उद्याेगकाे ग्यास मापदण्ड अनुसारकाे नपाइएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएकाे हाे ।

विभागकाे कारबाहीमा पर्ने उद्याेगमा एभरेष्ट (चाल्नाखेल–काठमाडौं), श्रीकृष्ण (धादिङ), साईबाबा (चितवन), भानु (कुरिनटार–चितवन), त्रिवेणी(धादिङ) र क्याबसन्स ग्यास प्रा.लि(धादिङ) छन् ।

विभिन्न मिति र स्थानमा गरिएको बजार अनुगमनबाट संकलित नमूना परीक्षण गराउँदा प्राप्त नतिजा नेपाल गुणस्तर  ५३३ प्रावधान विपरित विभिन्न पाइएकोले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ अनुसारको कानुनी कारवाही प्रक्रिया अगाडि बढाएको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="