Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सवारी साधन चलाउन डिजेलभन्दा ग्यास सस्तो

ऊर्जा खबर मङि्सर ०, २०७६   1174

पेट्रोलियम



काठमाडौं । सवारी साधन चलाउन डिजेलको तुलनामा ग्यास सस्तो हुने देखिएको छ । ग्यासबाट ट्रक, बस, कारलगायत सबै प्रकारका सवारी साधन सञ्चालन गर्न डिजेलभन्दा कम खर्च लाग्ने देखिएको हो

१ लिटर डिजेलबाट औषतमा ६ किलोमिटर दुरी पार हुनेमा त्यति नै परिमाणको ग्यास खपत गर्दा १२ किलोमिटरको दुरीसम्म सवारी साधन चलाउन सकिने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) शुशील भट्टराईले बताए । उनका अनुसार ६ किलाेमिटर कुद्न ९५ रुपैयाँकाे डिजेल खपत हुन्छ भने ग्यासबाट सवारी साधन चलाउँदा २६.५९ रुपैयाँ मात्र खर्च हुन्छ ।

ad

‘हामीले चलाउने सबै जसो सवारी साधनले डिजेल खपत गरिरहेका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘यी सवारी साधनलाई ग्यासबाट चलाउने हो भने अरबौं रुपैयाँ विदेशिनबाट जोगाउन सकिन्छ ।’ अहिले सञ्चालनमा रहेका १० प्रतिशत सवारी साधनलाई ग्यासबाट चल्ने बनाउन सकेमा मात्र पनि वार्षिक १ खर्ब रुपैयाँकाे डिजेल आयात प्रतिस्थापन गर्न सकिने उनले  दाबी गरे ।

‘डिजेर र ग्यासबाट चल्ने सवारी साधनको भाडा उस्तै हो । डिजेलको सट्टामा ग्यासबाट सवारी चलाउँदा यातायात व्यवसायीलाई पनि फाइदा हुन्छ । र डिजेल आयात प्रतिस्थापन गर्न सकिन्छ ।,’ उनले भने । सरकारको स्पष्ट नीति नहुँदा ग्यासबाट सवारी साधन सञ्चालन गर्न नसकिएकाे उनले गुनासो गरे । मिश्रित ऊर्जाकाे खपत बढाउन एकीकृत नीति आवश्यक रहेकाे उनकाे भनाइ छ ।

अहिले राजधानीमा केही टेम्पाे मात्र ग्यासबाट सञ्चालन हुँदै आएका छन् । अन्य सबै सवारी साधन डिजेलबाट चल्ने छन् । डिजेलको आयात प्रतिस्थापन गर्न विद्युतीय साधनको पनि प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।

निगमले डिजेल प्रतिलिटर ९५ रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ खुद्रा मूल्य तोकेर भारतबाट आयात गरेर बिक्री वितरण गर्दै आएको छ । मासिक २० अर्ब बढीकाे पेट्राेलियम आयात हुने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="