Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो मादी र बागमतीको उत्पादन बन्द

ऊर्जा खबर असार २, २०७६   859

जलविद्युत



काठमाडौं- अविरल वर्षासंगैको बाढी पहिराेले संरचनामा क्षति पुर्याउँदा ललितपुर र कास्कीमा सञ्चालित २ जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ । २५ मेगावाटको माथिल्लो मादी र २२ मेगावाटको बागमतीको उत्पादन बन्द भएको हो ।

माथिल्लो मादीको बाँध क्षेत्रमा पहिरो खसेर क्षति पुगेपछि उत्पादन बन्द भएको केन्द्र व्यवस्थापक रामराज कोइरालाले बताए । उनका अनुसार ४ दिनदेखि विद्युत उत्पादन बन्द छ ।

ad

वर्षा कम भएपछि केही दिनभित्र पहिरो रोकथाम गरेर उत्पादन सुचारु गर्ने तयारी भइरहेको पनि उनले बताए । ‘बाढीले जलविद्युत केन्द्रको अस्थायी बाँधमा क्षति पुगेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘खोलामा पानीको सहत घटेपछि उत्पादन सुचारु हुन्छ ।’

उत्पादन बन्द हुँदा हुने आर्थिक नोक्सानीको यकिन विवरण आइनसकेको उनले बताए । जलविद्युत केन्द्रले २०७३ देखि विद्युत उत्पादन गर्दै आएको छ ।

यस्तै, मकवानपुर र ललितपुरको सीमामा सञ्चालित २२ मेगावाटको बागमतीको उत्पादन पनि बन्द छ । बाढीका कारण संरचनामा क्षति पुगेकाले करिब एक सातादेखि उत्पादन बन्छ भएको हो । पहिरोले संरचनामा क्षति पुर्याएकाले उत्पादन बन्छ भएको हो ।

बागमतीले चालु वर्षबाट उत्पादन सुरु गरेको थियो । क्षतिग्रस्त संरचनाकाे मर्मत भएपछि उत्पादन सुचारु हुने जलविद्युत केन्द्रले जनाएकाे छ ।

सिन्धुपाल्चोकस्थित चाकु खोलाको इन्टेक बगाउँदा एक सातादेखि उत्पादन बन्द छ । चाकुखोलाको संरचना भत्काउँदा मध्य र तल्लो चाकुको उत्पादन पनि प्रभावित भएको छ । ३ वटै विद्युतगृह बन्द हुँदा साढे ६ मेगावाट विद्युत खेर गइरहेको छ ।

यी जलविद्युत केन्द्रकाे उत्पादन बन्द हुँदा साढे ५३ मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणकाे प्रणालीबाट विच्छेद भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="