Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मकरीगाडमा जर्मन कम्पनीका उपकरण, डब्लूकेभीमा प्रवर्द्धकहरूको आकर्षण

ऊर्जा खबर असोज २२, २०७६   2724

जलविद्युत



काठमाडौं— दार्चुलामा निर्माण हुने १० मेगावाटको मकरीगाड जलविद्युत आयोजनामा जर्मनीमा बनेको डब्लुकेभीका उपकरण जडान गरिने भएको छ । यसमा आवश्यक टर्बाइन, जेनेरेटर लगायत उपकरणहरु (वाटर–टु–वायर) आयात तथा जडान गर्न डब्लुकेभी जर्मनी र इन्फ्रा इन्जिनियरिङ, कोलोम्बो श्रीलंकाबीच गत हप्ता सम्झौता भएको छ ।

इन्फ्रा इन्जिनियरिङ मकरीगाडको प्रमुख लगानीकर्ता हो । यो श्रीलंकन कम्पनीले श्रीलंकामा बेलिहुल ओया र लेमास्थोता जलविद्युत आयोजनामा डब्लुकेभीकै टर्बाइनहरू प्रयोग गरेको छ । डब्लुकेभी टर्बाइन तथा जेनेरेटरको उत्कृष्ट कार्यक्षमता, बलियो तथा टिकाउ भएकै कारण कम्पनीले मकरीगाडका लागि पनि यही छनोट गरेको जनाएको छ ।

ad

कम्पनीका अनुसार उसले आफ्नो पहिलो किस्ता बापतको भुक्तानी डब्लुकेभीलाई बुझाइसकेको छ । २०७७ साल असार १ गते (जुन १५, २०२०) डब्लुकेभीले कम्पनीलाई उपकरण डेलिभरी दिनेछ । सम्झौताका आधारमा डब्लुकेभीको लागि यो आयोजना लामो समयपछिको चौंथो भए पनि डेलिभरी र जडानको हिसाबमा पहिलो हुनेछ ।

९ सय मिटर ग्रस हेड (उचाई), ८ सय ७० मिटर नेट हेड र १.३५ घनमिटर डिजाइन डिस्चार्ज भएको आयोजनामा ५.११ मेगावाटका २ वटा टबाईन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाँच सबस्टेसन (चमेलिया जलविद्युत आयोजना जोडिएकै ठाउँ) मा जोडिनेछ ।

पछिल्लो समय आयोजनामा ग्लोबल वार्मिङ (जलवायु परिवर्तन) का कारण नदी तथा खोलामा पानीको बहाब घट्दै जानु, कमसल उपकरणका कारण इफिसिएन्सी नपुगी विद्युत उत्पादन घट्नु, बढी मर्मत आउनु, कन्भेन्सनल सिन्क्रोनाइजिङ प्रणालीले आउटेज बढ्नु लगायत समस्या देखिन थालेका छन् । यही कारण पटक–पटक समस्या दोहोरिन थालेपछि प्रवर्द्धकले गुणस्तरमा ध्यान दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="