Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

घलेम्दीको विद्युत ३ साताभित्र प्रणालीमा जोडिने

ऊर्जा खबर असोज १०, २०७६   2069

जलविद्युत



काठमाडौं— ५ मगावाटको घलेम्दी जलविद्युत आयोजनाको विद्युत ३ साताभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण सम्पन्न भएको आयोजनाको विद्युत ग्रिडमा जोडिन लागेको हो ।

उपकरण ड्राइ टेस्टको चरण पूरा भइसकेको घलेम्दी हाइड्रो पावर कम्पनीका अध्यक्ष किशोर सुवेदीले बताए । उनका अनुसार विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम पूरा नभएकोले उत्पादन अवधि लम्बिएको हो ।

ad

आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनको काम अन्तिम चरणमा छ । दशैअगाडि प्रसारण लाइनको काम पूरा गरी दशैलगतै विद्युत उत्पादन परीक्षण सुरु गर्ने तयारी रहेकाे सुवेदीले बताए ।

आयोजनाको विद्युन जोडिने नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनीले आफैंले निर्माण गरिरहेको छ । आयोजना सम्पन्न गर्न १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा लुम्बिनी विकास बैंकको अगुवाईमा मेगा बैंक पनि लगानी गरेकाे छ । ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="