Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बानेश्वर वितरण केन्द्रका कर्मचारी १५ हजार घुससहित पक्राउ

ऊर्जा खबर माघ २७, २०७५   4203

खबर



नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रका कर्मचारी १५ हजार घुससहित पक्राउ परेका छन् । वितरण केन्द्रमा कार्यरत ५ तह (सुपरभाइजर) का कर्मचारी महेन्द्र प्रधानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अपरान्ह सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेकाे हाे ।

ad

प्रधानले एक हाेटलमा डिओडी मिटर जडान गर्न सेवाग्राहीसँग घुस मागेको खुल्न आएको क्षेत्रीय कार्यालय काठमाडौंले जनाएको छ । अख्तियारले पक्राउ परेका प्रधानविरुद्ध थप अनुसन्धान अघि बढाएकाे छ । अख्तियारले विशेष अदालतमा मुद्दा चलाउने हुँदा उनी प्राधिकरणकाे सेवाबाट स्वतः निलम्बनमा परेका छन् ।

प्राधिकरणले डिओडी मिटर जडानमा  अतिरिक्त शुल्क तिर्नु नपर्ने बताउँदै आए पनि कर्मचारीले घुस माग्ने गरेको सेवाग्राहीको गुनासो छ । मिटर सहज हुँदासमेत कर्मचारीले कृतिम अभाव सृजना गरेर मिटर दिलाइदिने बहानामा सेवाग्राहीसँग घुस माग्ने गरेका छन् ।

ad

 

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="